सल्लेरी फाप्लु क्षेत्रका होटल लजमा विदेशीको चाप बढ्दै
सोलुखुम्बु । पर्यटकीय सिजन सुरु भएसँगै सोलुखुम्बु सदरमुकाम क्षेत्रका व्यवसायीहरूमा व्यवस्तता बढेको छ । समर सिजनमा विदेशी पर्यटकहरू भित्रिएसँगै यहाँका होटल तथा लज सञ्चालकहरूमा व्यस्तता बढेको हो ।
केही वर्षअघिसम्म खुम्बु क्षेत्रमा सिधै जहाजमार्फत पुग्ने गरेका विदेशी तथा स्वदेशी पर्यटकहरू अहिले सल्लेरी क्षेत्रमा देखिन थालेका छन् । भ्रमणका लागि खुम्बु मात्रै रोजाइमा पर्ने पर्यटकहरू समेत सल्लेरीबाट थामडाँडासम्म सडक सञ्जाल पुगेसँगै गाडीमार्फत सल्लेरी हुँदै आउने पर्यटकको संख्या बढ्न थालेका छन् । हिमालयन शेर्पा होटलका कविराज खालिङ राई भन्छन्, ‘सिजन सुरु भएपछि त हामीलाई निकै व्यस्त बनाएको छ, विदेशीहरू पनि आउँछन्, कुनै बस्ने गरेर आउँछन् भने कुनै चिया, नास्ता गर्नेसँगले आउँछन्, यहाँ त एयरपोर्ट नजिक भएर प्लेनबाट आउने पर्यटक पनि आउँछन्, गाडीबाट आउने पनि आइराहुन्छ, नेपाली पर्यटकहरूको चाप पनि त्यत्तिकै छ ।’
सडकको पहुँच विस्तार भएसँगै सदरमुकाम क्षेत्रका व्यवसायीहरू समेत अहिले पर्यटकको स्वागत सतकारमा रमाइरहेका छन् । ‘कतिपय पर्यटकहरू गाडीमार्फत आएर यहाँ बास बस्छन् भने कतिपय काठमाडौंबाट जहाजमार्फत फाप्लु आएर त्यहाँबाट जिपमार्फत उकालो लाग्ने गरेका छन्’, फाप्लु होटल एन्ड लजकी सञ्चालक सिता विश्वकर्माले भनिन् । सल्लेरीमा दैनिक सरदर दुई दर्जनको हाराहारीमा पर्यटक आउने गरेको व्यवसायीहरू बताउँछन् । सगरमाथा क्षेत्र भ्रमणमा आउने पर्यटकहरू पछिल्लो समय सदरमुकाम हुँदै गाडीमार्फत खुम्बुतर्फ जाने क्रम बढ्दो छ । जसका कारण सल्लेरी तथा फाप्लुबाट माथिल्लो क्षेत्रका लागि छुट्ने जिपहरूमा समेत विदेशीको चाप रहेको सोलुखुम्बु सगरमाथा यातयात प्रालिका अध्यक्ष राम बहादुर विश्वकर्माले बताए । उनले भने, ‘अहिले यात्रुको चाप राम्रो छ, हामीले यहाँबाट खुम्बु क्षेत्रमा क्यू सिस्टमबाट सवारी पठाउने गरेका छौँ, जसमा अधिकांश गाडीमा विदेशी यात्रु हुन्छन् नै, कतिपय गाडी त विदेशीले नै भरिएको हुन्छ ।’
सडक सञ्जालले माथिल्लो क्षेत्र सदरमुकाम जोडिएसँगै यहाँका व्यवसायीहरूले समेत व्यावसायिक लाभ लिन थालेका हुन् । विगतमा हवाई माध्यमको विकल्प नहुँदा सिधै लुक्ला ओर्लिएर उकालो लाग्ने पर्यटकहरू समेत अहिले काठमाडांैबाट जिपमार्फत सल्लेरी हुँदै खुम्बुतर्फ लाग्ने गरेको व्यवसायीहरू बताउँछन् । जसका कारण तल्लो क्षेत्रमा समेत पर्यटनको सम्भावना बढ्दै गएको छ ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
- तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया