Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारअन्तत : १९ सय ९५ बिन्दुमा खुम्चियो सेयर बजार

अन्तत : १९ सय ९५ बिन्दुमा खुम्चियो सेयर बजार


काठमाडौं । सेयर बजारमा पुन गिरावट आएको छ । अघिल्लो दिन तीन दशमलव ६१ अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार पुन २४ दशमलव ४४ अंकले ओरालो लागेर १९ सय ९५ दशमलव ४९ बिन्दुमा खुम्चिएको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५६ अंकले ओरालो लागेर तीन सय ७८ दशमलव ३७ बिन्दुमा खुम्चिएको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ५७ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट २६ हजार चार सय ५४ पटकको कारोबारमा ३७ लाख २९ हजार नौं सय ७६ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब २८ करोड ८३ लाख ६३ हजार चार सय २४ रुपैंयाँ कायम भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार परिसुचक पुरै रातो देखिएको छ ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया