Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारशेयर बजारको ओरालो यात्रा रोकियो, आज २ अंकको वृद्धि

शेयर बजारको ओरालो यात्रा रोकियो, आज २ अंकको वृद्धि


काठमाडौं । शेयर बजार परिसूचक (नेप्से) ले दुई दिनको लगातार ओरालो यात्रालार्य पूर्ण विराम लगाएको छ । अघिल्ला दुई दिन आरोलो लागेको बजार आज २ दशमलव ०६ अंकले बढेर बन्द भएको हो ।

मंगलबारको कारोबार बन्द हुँदा नेप्से परिसूचक १९६० दशमलव ८१ विन्दुमा पुगेको छ । अधिकांश उप समूहको सूचक ऋणात्मक हुँदा पनि शेयर बजारमा सामान्य सुधार देखिएको हो । आज १३ उपसमूहमध्ये आज नौ उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । त्यस्तै चार उपसमूहको शेयर मूल्य मात्रै बढेको छ । आज कारोबार भएकामध्ये १२० कम्पनीको शेयर मूल्य बढेको छ भने ११४ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । आज विकास बैंक लघुवित्त, म्युचुअल फण्ड र अन्य उप समूह बाहेक सबै परिसूचक राताम्य रहे ।

आज शेयर बजारमा ३१४ कम्पनीका ५० लाख ६४ हजार ३८ कित्ता शेयर ३८ हजार दुई सय १४ पटक खरिद बिक्री भएको छ । जसबाट २ अर्ब १४ करोड ५ लाख २ हजार छ सय २१ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै ‘क’ वर्गको कम्पनीको मापद सेन्सेटिभ इन्डेक्स पनि आज १ दशमलव ७७ अंकले बढेर ३४९ दशमलव ५८ विन्दुमा पुगेको छ ।


क्याटेगोरी : शेयर बजार, समाचार

तपाईको प्रतिक्रिया