Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजार१९ सय ६० बिन्दुमा खुम्चियो सेयर बजार

१९ सय ६० बिन्दुमा खुम्चियो सेयर बजार

शुन्य दशमलव २१ अंकले घट्दा दुई अर्ब ५४ करोडको सेयर किनबेच


काठमाडौं । सेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । अघिल्लो दिन दुई दशमलव शुन्य छ अंकले उकालो लागेको बजार परिसुचक आज बुधबार भने शुन्य दशमलव २१ अंकले ओरालो लागेर १९ सय ६० दशमलव ६० बिन्दुमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव १७ अंकले ओरालो तीन सय ४९ दशमलव ४० बिन्दुमा खुम्चिएको छ ।

धितोपत्र बजारमा आज तीन सय पाँच वटा कम्पनीहरुको ४१ हजार एक सय ३७ पटक सेयर किनबेच भएको छ । जसबाट ५८ लाख ७४ हजार नौं सय ६७ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब ५४ करोड ७० लाख ३० हजार आठ सय २५ रुपैंयाँ पुगेको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये फाईनान्स, जलबिद्युत, लघुवित्त र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, जीवन बीमा, निर्जीवन बीमा सहितका नौं वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया