Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारदुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार

दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन दुई दिन लगातार ओरालो लागेको सेयर बजार साताको तेस्रो कारोबार दिन आज मंगलबार भने दुई दशमलव शुन्य छ अंकले उकालो लागेर एक हजार नौं सय ६० दशमलव ८१ बिन्दुमा उक्लिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ७७ अंकले उकालो लागेर तीन सय ४९ दशमलव ५८ बिन्दुमा चढेको छ ।

धितोपत्र बजारमा आज तीन सय १४ वटा कम्पनीहरुको ३८ हजार दुई सय १४ पटक सेयर किनबेच भएको छ । जसबाट ५० लाख ६४ हजार ३८ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब १४ करोड पाँच लाख दुई हजार छ सय २१ रुपैंयाँ पुगेको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बिकास बैंक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य उपसमुहहरुको सुचक उकालो लागेका छन् । यि बाहेकका बाँणिज्य बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका नौं वटा उपसमुहहरुको सुचक भने ओरालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया