Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगअब फेरि मेलम्चीको पानी असारमा नआउने हो कि

अब फेरि मेलम्चीको पानी असारमा नआउने हो कि


नरेन्द्रमान श्रेष्ठ
काठमाडौं,बैशाख ११
विश्वभरि माहामारिको रूपमा फैलिएको नोभेल कारोना भाइरसले नेपाल पनि अछुतो रहन सकेन । नेपालमा पनि कोरोना भाइरसले संक्रमण ग¥योे जसकारणले नेपालले पनि देशभर लकडाउन बन्दा बन्दी गर्न प¥यो लकडाउन अवधिभर देशको काम कारबाही आर्थिक गतिविधिहरू ठप्प भयो यसको असर त मेलम्ची आयोजनामा पनि त प¥यो होला नि अब यसको कारण देखाई मेलम्चीको पानी असरामा ल्याउन सकेन भनेर भन्ने हो कि शंका छ । विगत २ दशकभन्दा बढी अवधिदेखि मेलम्चीको पानीको आशमा बसिरहेका काठमाडौँवासीहरूलाई २०७७ सालको असार महिनामा आउँछ भनेर भनेको कोरोना भाइरसको कारण देखाई असारमा ल्याउन सकेन भनेर भन्ने त होइन । कठमाडौँ देशको राजधानी सहर मा पिउने पानीको ठूलो समस्या छ । पिउने पानी एक लिटरको तीन तिरेर किन्नु पर्छ तर पनि काठमाडौँमा देश विदेशका मानिसहरू थुप्रिन आउने कम भएका छेनन् । काठमाडौँ उपत्यका देशीविदेशी मानिसहरू थुप्रिने डम्पिङ साइतजस्तै भइसकेको छ तर पनि सरोकारवालाहरूको यसमा ध्यान जान सकेका छैनन् । त्यसो त पिउने पानीको समस्या काठमाडौँमा मात्र नभइ देशभरि नै छन् । काठमाडौँका नागरिकहरूको हरेकको जस्तो घर–घरमा धारा छन् तर पानी आउने नआउने ठेगान छैन ।

आए भाग्य आए पनि राति त्यसको पनि ठेगान छैन कहिले आउँछ कहिले आउँदैन एक बाल्टी पानी थाप्नलाई रातभरि जाग्राम बस्नु पर्छ । पानीजस्तो मानिसहरूको जिविका चलाउनको लागि नभई नहने प्राणीहरूलाई बाच्नका लागि नभई नहुने अति आवश्यकीय पानीमा पनि सरोकारवालाहरू गम्भीर देखिएन  ।काठमाडौँको पानीको समस्यालाई केही हदसम्म मेलम्चीले समाधान हुन्छ भन्ने आशमा बसेका काठमाडौँवासीहरूलाई मेलम्चीको पानी पिउन नपाई नै परमधाम हुने त होइन भनेर पनि चिन्ता लाग्न थालेका छन् । त्यसोत मेलम्चीको पानी काठमाडौँवासीहरूको लागि अहिलेको अवस्थामा आकास फल आँखा तरी मर भन्ने उखानजस्तो पनि भइरहेका छन् भनेर पनि भन्ने गरेका छन् । मेलम्चीको पानी काठमाडौँमा आउँछ भनेको पनि दशकौँ भइसक्यो । मेलम्चीको पानी आउँछ–आउँछ भन्दा–भन्दै कयौँ सरकारहरू परिवर्तन भइसक्यो ।

थुप्रै मन्त्रीहरू आए÷गए व्यवस्था समेत परिवर्तन भइसक्यो तर मेलम्ची आएन वा ल्याउने कोसिस नै गरेन । भनिन्छ मेलम्चीको आयोजनामा जालझेल भइरहेको हुन्छ  । मेलम्ची आयोजनामा कमिशनको चलखेल हुने गर्छन् भन्ने पनि चर्चाहरू नभएको होइन । पछिल्लो समयमा पनि मेलम्चीको ठेक्का लिएको सीएमसी कम्पनीसँग कमिशनको कुरा नमिलेकोले ठेकेदार भागेको भन्ने चर्चा चलेको थियो मेलम्ची आयोजनाका सरोकारवालाहरूले मेलम्चीको ठेकेदारेसँग ठूलो कमिशन मागेककोले ठेकेदार कम्पनी ओयाजना छोडेर गएको भन्ने पनि चर्चा छ ।
देशमा भ्रष्टाचार कमिशनको जालो कसिँदै गइरहेका छन् । नागरिकहरूको जनजिविकासँग गाँसेको पानीजस्तोमा पनि कमिशनको चलखेलमा आयोजना नै ठप्प पार्ने गरेका चर्चा चलिरहेका नै छन । शक्तिशाली प्रधानमन्त्री केपी ओली पानीजहाज ल्याउने भाषण गर्छन् तर मेलम्ची चाँडै ल्याउने कुरा गर्दैन अहिले नागरिकहरूलाई पानीको आवश्यक छ पानीजहाजको होइन  । मेलम्ची आयोजना समयमा नै पूरा गर्न नसकेका पदाधिकारी सरोकारवालाहरूलाई नै कारबाही गर्न सकेको छ ।

मन्त्रिपरिषद्का खाने पानी मन्त्री बिना मगरले मेलम्ची २०७५ सालको दशैँअगाडि आउँछ भनेर थोकुवा नै गरेको थियो अहिले २०७६ सालको दशैँ आयो तिहार आयो गयो मेलम्चीको अट्टो पट्टो छैन अब फेरि २०७७ साल असारमा मेलम्चीको पानी काठमाडौँमा ल्याउने भनेका छन् अब यो करा पनि हावा हुने हो कि भन्ने चिन्ता काठमाडौँवासीहरूलाई लाग्न थालेका छन् । सरकारमा रहेकाहरू सबै हावादारी भाषण गर्छन् आफ्नो दुनो सोझाउने काम मात्र गरेका छन् । नागरिकहरूको समस्याको कुने मतलब नै राख्दैनन् । नागरिकहरूले पानी पिउन नपाए पनि केको खसखस । त्यसो त नेकापाका सामान्य कार्यकर्ताहरू देखि नेता प्रतिनिधिसभाका राष्ट्रियसभाका सांसदहरूसमेत बेलुनजस्तो फुलेका छन्, कहिले पट्ट फुट्ने हो थाहा छैन । कोही आफ्नो दलको आफ्नो सरकारको अन्धो समर्थन गर्छन् त कोही सांसद भने यो सरकारले गरेको हो भनेर रिसाउँछन् कसो रामनारायण जी । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका ग्राहकहरूको घर–घरमा धारा छ तर लिमिटेडसँग धारामा पानी पठाउन पानी छैन तर महङ्गोमा ट्याङ्करबाट पानी बेच्नलाई भने लिमिटेडसँग पानी जति भने पनि छ यो कस्तो चाला हो काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको । त्यसो त काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले ग्राहकहरूको धाराहरूमा पानी नपठाए पनि नभए पनि निजी ट्याङ्कर पानी व्यवसायीहरूसँग भने जति पनि किन्न पाइन्छ महंगो मूल्यमा । पछिल्लो समयमा ट्याङ्करको पानी जारको पानी मिनरल वाटरहरूको व्यवसाय भने धमाधम बढिरहेका छन् यिनिहरूसँग भने पानी जति भने पनि हुने काठमाडौँ उपत्यका खानेपानी लिमिटेडसँग मात्र किन नहुने । पछिल्लो समयमा उपत्यकाका नागरिकहरूले १ लिटर पानीको रु ३ तिरेर पिउन परिरहेका छन् । काडमाडौँमा उपत्यकामा महिनामा अर्बाँै रुपैयाँको पानीको कारोबार हुने गरेको चर्चा छ ।

निजी पानी व्यवसायीहरूको कारणले नै मेलम्चीको पानी काठमाडाँैमा ल्याउन नचाहेको हो भन्ने पनि चर्चा चलिरहेका छन् । काठमाडौँ उपत्यका खानेपानीको हाकिमहरू खाने पानी मन्त्री मेलम्ची आयोजनाका हाकिमहरूरू पानी व्यापारीहरूको मिलोमतोमा मेलम्ची आयोजनामा जालझेल भइरहेको हो भनेर चर्चा चलिरहँदा पनि हाम्रा स्थायी बहुमतका शक्तिशाली भन्ने गरेका प्रधानमन्त्री मौन । फास्ट ट्र्याकमा धरहरा निर्माण गर्न सकिने ओलीले फास्ट ट्र्याकमा मेलम्चीको काम गराउन किन सकिएन । ३ प्रतिशत मात्र बाँकी रहेको मेलम्चीको कामलाई पनि सरकारले डेड वर्षमा पनि सम्पन्न गर्न सकिएन झन् खानेपानी मन्त्रीले मेलम्ची आयोजनालाई नै जालझेल गरेर आयोजनालाई नै थप्प पार्ने कामसमेत गरिन् । खानेपानी मन्त्री बिना मगर कमिशनको चक्करमा परेको हो भनेर पनि चर्चा नचलेको होइन ।

त्यसो त बहुदलीय व्यवस्था पुनः प्रजातन्त्र स्थापनापछिका सरकारहरू र सरकारको नेतृत्व गर्नेहरूले कामभन्दा बढी हावादारी भाषणहरू नै गर्ने गरिरहेका छन् । अहिले देश संघीय लोकतान्त्रिक गणतन्त्रमा आइसक्दा पनि यो प्रवृतिले निरन्तरता नै पायरहेका छन् । विगतमा पनि विगतका सरकारको नेतृत्वगर्नेहरूले मेलम्चीको बारेमा हावादारी भाषण नै गर्ने गरेको थियो । विगतमा पनि नेपाली कांग्रेसको सरकारको पालामा पनि त्यसबेला सरकारको नेतृत्व गरेको काग्रेशका सन्त नेता भनिने स्व. कृष्णप्रसाद भट्टराइले पनि ३ वर्षमा काठमाडाँैको सडक पखाल्न पुग्ने गरी मेलम्चीको पानी ल्याउँछ भनेर भनेका थिए । ३ वर्षमा त होइन ३ दशक लाग्न लागि सक्यो मेलम्ची काठमाडौँमा आउन सकेका छैनन् । अहिले पनि काडमाडौँ उपत्यकाका नागरिकहरू मेलम्ची काठमाडौँमा आउँछ नै भनेर विस्वस्त हुन सकिरहेका छैनन् । अहिलेको २ तिहाइको स्थायी शक्तिशाली भनिने सरकारले एकातिर मेलम्ची आयोजनाको बजेट बढाइ रहेको छ भने अर्कोतिर ढिलो गरिरहेका छन् । मेलम्चीको आउने भयो भनेर मेलम्चीको पाइप विछ्याएको पनि २ वर्ष भइसक्यो खोइ त मेलम्ची आएको कतिपय नागरिकहरूको भनाइमा मेलम्चीको पानी काठमाडौँमा नआई पानी नै पिउन नपाइ परमधाम त हुने होइन भनेर पनि भन्ने गरिरहेका छन् ।

काठमाडौँ उपत्यकामा जनसंख्याको चाप दिनानु दिन बढिरहेका छन् । काठमाडौँ उपत्यकाले धान्न सकिनेभन्दा पनि बढी जनसंख्या धानिरहेका छन् उपत्यकाले । जनसंख्याको चाप वृद्धिसँगै खानेपानीको माग बढ्ने त स्वाभाविक पनि हो । तर, काठमाडौँ उपत्ययका खानेपानी लिमिटेडले मागको ५० प्रतिशत पनि पानीको आपूर्ति गर्न सकिरहेका छैनन् । काठमाडाँैका नागरिकहरू पानीका लागि जारको पानी मिनरल वाटर निजी ट्र्याङ्करको महंगो पानी किनेर पिउन परिरहेका छन् । त्यसो त विगतमा काठमाडाँै उपत्यकामा पानीको थुप्रै स्रोतहरू पनि थियो तर काठमाडौँमा जनसंख्याको चापको वृद्धिसँगै र सहरीकरणको विकाशले ती पानीका स्रोतहरू धमाधम सुक्दै गइरहेका छन् । काठमाडाँै उपत्यकामा रहेका कतिपय इनार र ढुङ्गेधाराहरूबाट पानी आउन छाडेको छ । काठमाडौँमा खानेपानीको समस्या दिनानुदिन बढ्दै गइरहे पनि सरोकारवालाहरू बेखबरजस्तै बनिरहेका छन् । काठमाडौँको पानीको समस्यालाई मेलम्चीले केही भए पनि समाधान हुन्छ भनेर लगभग ३ दशक देखिमेलम्चीलाई पर्खिरहेका काठमाडौँवासीहरूको आस आसमानै मात्र सीमित हुने त होइन ।

त्यसो त सरोकारवालाहरूको भनाइअनसुार मेलम्ची काठमाडौमा आए काठमाडौँ पानीको समस्या केही हल हुने भएकोले पानीका निजी व्यवसायीहरूलाई यसले पानीको व्यापारमा असर गर्ने भएकोले कतै मेलम्ची आयोजनाका सरोकारवालाहरूसँगको मिलोमतोमा मेलम्चीलाई काठमाडौँमा ल्याउन नदिनको लागि चलखेल त भइरहेको छैन ? कमिशनको खेल त भइरहेको छैन ? भनेर पनि चर्चाहरू चलिरहेका छन् । अहिलेको नेकपाको सरकार बहुमतको बलियो सरकार भने पनि यसले आम नागरिकहरूको आधारभूत आवश्यकताहरू नै पु¥याउन सकिरहेका छैनन् । न खानेपानी मन्त्री बिना मगरले ल्याउँछ भनेको समयमा मेलम्ची ल्याउन सक्यो न काठमाडाँैको सडकहरू नै पिच गर्न सकियो न देशमा दु्रत गतिमा बढिरहेको भ्रष्टाचार र महंगी नै नियन्त्रण गर्न सक्यो । कोरोना भाइरसले देश संकटमा परिरहेको अवस्थामा पनि स्वास्थ्य सामग्री खरिद गर्दा पनि भ्रष्टाचार भएको गरेको चर्चा भएको थियो । एउटा खानेपानीको समस्या समाधान गर्न नसकेको नेकपाको केपी ओलीको नेतृत्वको सरकारका मन्त्रीहरू दलका चम्चा कार्यकर्ता नेताहरू भने सरकार २ वर्षे कार्यकाल सफल भएको बताइरहेका छन् । नागरिकहरूलाई पानीसम्म खुवाउन नसक्ने सडकहरू पिच गर्न नसक्ने महंगी नियन्त्रण गर्न नसक्ने सरकार कसरी सफल अहिलेका नागरिकहरू दलका नेता कार्यकर्ताहरूजस्तै अबुझ र दलाली प्रवृत्तिका छैनन् । यो सरकारको २ वर्षको अवधिमा नागरिकहरूको जीवन निर्वाहको लागि अति आवश्यकीय सेवा र वस्तुहरूको समेत सर्वसुलभ तरिकाले पु¥याउन सकिएन । तर, पनि सरकार र नेकपाका आसेपासे चाकरी चाप्लुसीबाजहरू सरकार र दलका मतियारहरू सरकारको नै गुणगान गाइरहेका छन् ।


क्याटेगोरी : विचार / ब्लग


तपाईको प्रतिक्रिया