Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगफेरि चर्चा बिग मर्जरको

फेरि चर्चा बिग मर्जरको


नरेन्द्रमान श्रेष्ठ
पछिल्लो समयमा बिग बैंक हिमालय बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक त्यसैगरी एनआईसी एसिया बैंक र एनएमबी बैंकको मर्जरको चर्चा चलेको छ । नेपाल राष्ट्र बैंकले पनि आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीतिमा पनि बिग बैंकहरूको बिग मर्जरलाई प्रोत्साहन दिन नीति ल्याएको छ । नेपाल राष्ट्र बैंकले २०७९ सालसम्म बिग मर्जर गरेर एकीकृत कारोबार गर्ने बिग बैंकहरूलाई विशेष सुविधा सहुलियत प्रोतसाहन दिने भएको छ ।

त्यसैगरी क्रस होल्डिङमा रहेको बैंकहरूलाई भने मर्जरमा जान दबाब दिएको छ । त्यसो त गत वर्षको मौद्रिक नीतिमा पनि बिग बैंकहरूलाई बिग मर्जरमा जान प्रोत्साहन दिने नीति नै आएको थियो । यसपालिको मौद्रित नीतिमा पनि यही दोहोरिएको छ । नेपाल राष्ट्र बैंकले बिग बैंकहरलाई बिग मर्जरमा जानको लागि फोर्स मर्जरको नीति ल्याउन भने आँट गरेन । के नेपाल राष्ट्र बैंक बिग बैंकहरूसँग डराएको हो त । अहिले देशमा २७ वटा वाणिज्य बैंकहरू छन् । जानकारहरूको भनाइमा देशमा २७ वटा बिग बैंकहरू हुनु भनेको संख्याको हिसाबले बढी होइन तर पनि नेपाल राष्ट्र बैंक बिग बैंकहरूको संख्या घटाएर १७/१८ वटा मात्र गर्ने कोसिसमा रहेको बताउँछन् जानकारहरू । त्यसो त कतिपय विज्ञले बिग बैंकहरूको संख्या घटाउन राम्रो हो भनेर पनि भन्ने गरेका छन् ।

त्यसो त केही बिग बैंकहरूले मर्जरको लागि पार्टनर पनि खोजिरहेका छन् भनेर पनि चर्चा चलेका छन् । त्यसो त कतिपय बिग बैंकहरूको एजेण्डाको रुपमा मर्जर पनि रहेका छन् । नेपाल राष्ट्र बैंकले पनि बिग बैंकहरूलाई मर्जरमा जान दबाब दिइरहेको भनेर सरोकारवालाहरूले भन्ने गरेका छन् । नेपालको लागि २७ वटा वाणिज्य बैंकहरू बढी भएभनेर पनि बेला–बेलामा चर्चा हुनेगरेका छन् भने विश्व बैंकले पनि नेपालमा वाणिज्य बैंकहरूको संख्या बढी भयो भनेर बेला–बेलामा भन्ने गरेको पनि छ ।

के नेपालमा वाणिज्य बैंकहरूको संख्या बढी नै भएको हो त ? वाणिज्य बैंकहरू मर्जरमा जान आवश्यक नै हो त ? वित्तीय क्षेत्र सुधृढीकरण बैंक तथा वित्त कम्पनीहरूको पुँजीको आधार दरिलो बलियो बनाई जोखिम बहन क्षमता सुधृढ तुल्याउनको लागि बिग बैंकहरूको बिग मर्जर आवश्यक रहेको नेपाल राष्ट्र बैंकको भनाइ रहेको छ ।

बिग बैंकहरू बिग मर्जरमा गए सेयर बजारमा के–कस्तो प्रभाव पर्छ त भन्ने पनि पछिल्लो समयमा सेयर बजारमा चर्चाहरू पनि हुनेगरेका छन् । सेयर बजारमा वाणिज्य बैंकहरूको नै बाहुल्यता रहेका छन् । सेयर बजारमा लगभन ८० प्रतिशत कारोबार वाणिज्य बैंकहरको समूहको हुने गरेका छन् । केही गरी धेरैजसो बिग बैंकहरूको मर्जर एकै समयमा भए सेयर बजार लगभग थप्प नै हुने त होइन यसले लगानीकर्ताहरूको लगानी ब्लक त हुने होइन भनेर पनि चर्चाहरू चल्ने गरेका छन् ।

बिग बैंकहरू ग्लोबल आईएमई बैंक र जनता बैंकको मर्जर गर्न ५ महिना लागेको थियो । ५ महिनाभन्दा बढी समयसम्म लगानीकर्ताहरूको लगानी ब्लक भएको थियो । यसबाट कतिपय लगानीकर्ताहरूले नोक्सानीसमेत व्यहोर्न प-यो ।

नेपाल राष्ट्र बैंकको भूतपूर्व गभर्नर चिरञ्जीवी नेपालले आफू गभर्नर हुँदा वाणिज्य बैंकहरूलाई बिग मर्जरमा जानुपर्ने बताउँदै आएको थिए । तर फोर्स मर्जरको नीति ल्याउन नेपालले पनि आँट भने गरेनन् । बिग बैंकहरूको बिग मर्जर केका लागि संख्या घटाउनको लागि वा पुँजी बढाउनको लागि । नेपालमा हाल २७ वाणिज्य बैंकहरू रहेका छन् । त्यसो त पछिल्लो समयमा कतिपय वाणिज्य बैंकहरू स्वयम् नै मर्जरमा जाने पक्षमा पनि रहेको देखिन्छ भने कतिपय वाणिज्य बैंकहरूले पुँजी बढाउनको लागि वित्तीय सस्थाहरूलाई प्राप्ति गर्ने गरिरहेका पनि छन् ।

२०७१÷०७२ को मौद्रिक नीतिमार्फत बैंक तथा वित्त कम्पनीहरूलाई आ–आफ्नो चुक्ता पुँजी लगभग चार सय प्रतिशतले बढाउनुपर्ने निर्देशन नेपाल राष्ट्र बैंकले दिएको पनि चुक्ता पुँजी बढाउनको लागि भन्दा पनि वाणिज्य बैंकहरूको संख्या कम गर्नको लागि वाणिज्य बैंकहरूको संख्या घटाउनको लागि हो भनेर पनि त्यसबेला चर्चा चलेको थियो । त्यस समयमा वाणिज्य बैंकहरूले आ–आफ्नो चुक्ता पुँजी बढाउनको लागि बैंकहरू एकआपसमा मर्ज गर्नभन्दा पनि भारी मात्रामा हकप्रद सेयरहरू जारी गरेर आ–आफ्नो पुँजी पु-याएका थिए ।

वाणिज्य बैंकहरूको संख्या खासै घटेको थिएन । त्यसबेला ३२ वटाको हाराहारीमा रहेको वाणिज्य बैंकहरू घटेर २८ वटा भएको थियो । त्यसबेला वाणिज्य बैंकहरूको संख्या घटाउने मनसायले पुँजी वृद्धिको नीति बैंक तथा वित्त कम्पनीहरूको टाउकोमा बजारे पनि वाणिज्य बैंकहरूको संख्या खासै नघटेको कारणले अब फेरि वाणिज्य बैंकहरूबीच बिग मर्जर गराएर वाणिज्य बैंकहरूको संख्या घटाउनको लागि नियामक निकाय लागिपरेका देखिन्छ । त्यसो त विश्व बैंकले नै नेपालमा वाणिज्य बैंकहरूको संख्या घटाउन पर्ने सुझाव दिँदै आएको पनि सुन्नमा आएका छन् ।

त्यसो त त्यसबेला नै बैंक तथा वित्त कम्पनीहरूलाई पुँजी बढाउनको सट्टामर्जरमा जानको लागि बाध्यात्मक निर्देशन दिएको भए अहिले फेरि बिग बैंकहरूलाई बिग मर्जरमा जानको लागि आवश्यकता नहुने सरोकारवालाहरूको भनाइ रहेको छ ।

सरकार नेपाल राष्ट्र बैंक विश्व बैंकको हिसाबले नेपालको लागि विद्यमान वाणिज्य बैंकहरूको संख्या बढी भएकोले वा जुनसकै उद्देश्यले वाणिज्य बैंकहरूको संख्या घटाउनुपर्ने भए पनि विगतमा कमिशनको चक्करमा प्रसादजसरी बैंकहरूलाई लाइसेन्स दिनेगरेको कारणले अहिले यस्तो समस्या देखापरेको हो भन्दा पनि फरक नपर्ला अहिले वाणिज्य बैंकहरूको संख्या बढी भयो भनेर बैंकहरूको संख्या घटाउनतिर नियामक निकायहरू लगि परेका छन् भने बैंकहरूलाई बिग मर्जरमा जानको लागि दबाब दिइहरेका छन् ।

मर्जर प्रक्रियामा रहेका कम्पनीहरूको सेयर सेयर बजारमा कारोबार नहुने भएकोले यसले लगानीकर्ताहरूलाई असर गर्ने हुन्छ । त्यसो त मर्जरको हल्ला चल्नासाथ सेयरको भाउमा चलखेल गरिन्छ । कतिपय अवस्थामा मर्जर प्रक्रिया लम्बिने कारणले पनि लगानीकर्ताहरूलाई असर गर्नेगरेका हुन्छन् भने मर्जरमा गएको सबै कम्पनीहरूको मर्जर सफल हुन्छ भने पनि हुँदैन । अन्तिममा आएर मर्जर तोडिने हुनाले पनि यसले पनि लगानीकर्ताहरूलाई नोक्सानी व्यहोर्नपर्ने हुन्छ । मर्जरको कारणले कतिपय अवस्थामा मर्जरमा रहेका सेयरको भाउमा समेत उतारचढाव आउने गरेका हुन्छन् भने मर्जर प्रक्रिया असफल भए भने पनि लगानीकर्ताहरू नोक्सानी व्यहोर्नपर्ने हुन्छ ।

कम्पनीहरू एकआपसमा मर्जरमा रहँदा, मर्जर प्रक्रियामा रहँदा एउटा महत्वपूर्ण कडी हो स्वाप रेसियो । कतिपय मर्जरमा रहेका कम्पनीहरूको स्वाप रेसियोमा पनि समस्या आउने गरेका छन् । स्वाप रेसियो नमिलेको कारणले कतिपय कमनीहरूको मर्जर प्रक्रिया तोडिएको पनि छ । त्यसो त स्वाप रेसियोको कारणले लगानीकर्ताहरूलाई पनि असर गर्नेगरेको छ । प्राथमिक बजारका लगानीकर्ताहरूलाई स्वाप रेसियोले त्यति असर नगरे पनि दोस्रो बजारका लगानीकताहरूलाई भने यसले असर गर्नेगरेको देखिन्छ ।

कतिपय अवस्थामा त स्वाप रेसियोको कारणले लगानीकर्ताहरूले नोक्सानी समेत हुन्छ । कम्पनीहरू मर्जरमा जाँदा कम्पनीहरूलाई नियामक निकायहरूलाई नोक्सानी नभए पनि कतिपय अवस्थामा लगानीकर्ताहरूलाई भने नोक्सानी हुनेगरेको छ । एक त मर्जरमा रहँदा मर्जरमा रहेका कम्पनीहरूको सेयरको कारोबार हुँदैन । आफूलाई आवश्यक परेको बेला सेयर बेच्न पाउँदैन यसले पनि घाटा त लगानीकर्ताहरूलाई नै हुनेभयो । त्यसो त बिग बैंकहरूको बिग मर्जर हुने राम्रो भए पनि अहिलेको अवस्थामा बिग मर्जर आवश्यक छ कि छैन भन्नेमा पहिला अध्ययन हुनुपर्छ ।

बिग मर्जर गर्दा पछि यसले वित्तीय संकट ल्याउनसक्छ र यसले बैंकिङ क्षेत्रमा मोनोपोली पनि सिर्जना गर्नसक्ने बैंकहरू व्यापारिक घरानको हातमा पर्नसक्नेतर्फ पनि विज्ञहरूको भनाइ रहेका पनि छन् । त्यसो त दबाबमा नभई आवश्यक भए स्वेच्छिकरूपमा बिग मर्जरमा जान चाहने बिग बैंकहरूलाई मर्जरमा जान दिनुपर्छ भन्ने पनि कतिपय विज्ञहरूको भनाइ रहेका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x