Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगविश्वव्यापी कोरोनाको सन्त्रास

विश्वव्यापी कोरोनाको सन्त्रास


विश्वनाथ खरेल
विश्वमा सात दशमलव आठ अर्ब मानिसहरू बस्दै आएको सबैलाई सर्वविदितै छ । झण्डै एक वर्षअघि सबैभन्दा पहिले चिनियाँ सहर वुहानमा कोरोना भाइरसको संक्रमण फैलियो । यो सहरमा करीब एक करोड दश लाख जनसंख्या रहेको थियो । वुहान सहर एक व्यापारिक स्थान भएको हुँदा यहाँ धेरै अरु क्षेत्रका मानिसहरूको पनि आवतजावत हुने र अन्य सहरहरूमा पनि यो रोगको विस्तार भएको बुझिन्छ । यसका धेरै प्रकारमध्ये हालसम्म मानिसमा सात प्रकारका कोरोना भाइरसको संक्रमण देखिएको छ ।

सन् २०१९ डिसेम्बर ३१ तारिखमा छिमेकी देश चीनमा पत्ता लागेको नोबल कोरोना भाइरस, कोरोना समूहको नयाँ प्रजाति हो । यसमा सार्स, मर्स र नोबल कोरोना भाइरसचाँहि भर्खरै पत्ता लागेका हुन् । कोरोना भाइरसका ८० प्रतिशत लक्षण सार्ससँग मिल्नेस्वास्थ्य अधिकारीहरूले बताएका छन् । यी भाइरसले मूलतः स्वासप्रस्वास प्रणालीमा संक्रमण गरी रुघाखोकी र निमोनिया गराउँछन् । यी सबै खालका भाइरस पशुपन्छीबाट मानिसमा सरेर मानिसलाई संक्रमित गराउँछन् ।

हाल पत्ता लागेको कोरोना भाइरस पनि पशुबाट मानिनमा र मानिसबाट मानिसमा सरेको पुष्टि भएको छ । यो भाइरस अहिले नेपाललगायत विश्वभरका देशहरूमा फैलिसकेको अवस्था छ । हाल आएर विश्व स्वास्थ्य संगठनले पनि नोबल कोरोना भाइरस संसार भरी संक्रमण हुन लागि रहेको छ भनी सबै देशहरूलाई यस रोगसँग लड्न तथा सतर्क रहन घोषणा पनि गरिसकेको छ ।

कोरोना भाइरस जंगली जनावरको अवैध कारोबार हुने वुहान सहरको सी फुड बजारबाट फैलिएको हुनसक्ने अनुमान गरिएको छ । चीनको वेइजिङ र सांघाइ मेगा सहरको रूपमा प्रख्यात छ । तर वुहान सहर भने विश्वसँग जोडिएको सहरको रूपमा चिनिन्छ । जहाँ विश्वकै सबैभन्दा ठूला पाँचसय कम्पनीले लगानी गरेको छ ।

वुहानस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट वर्षेनी करोडौं व्यक्ति आवागमन गर्छन् । अतः कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न हालसम्म कुनै भ्याक्सिन या औषधि बनेको छैन । यस रोगको लक्षणहरूमा भने निम्नलिखित रहेको बताइएको छ । जुन यसप्रकार छः ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, बिग्रिँदै गए निमोनिया हुने, श्वासप्रश्वासका अन्य रोग लाग्ने, मिर्गाैला फेल हुने र अन्तमा गएर मृत्यु पनि हुन सक्ने कुराहरू बताइएको छ । त्यस्तै गरी यसलाई रोकथाम गर्न हाँच्छयुँ गर्दा आँखा र नाक नमिच्ने, सरसफाइमा ध्यान दिने, भिडभाडमा नजाने र माक्स लगाएर मात्र हिँड्नेजस्ता सामान्य कुराहरू उल्लेख गरिएको छ । यो भाइरसको संक्रमण मानिसबाट मानिसमा सर्ने पुष्टि भइसकेको छ ।

संक्रमित बिरामीको परिवार र संसर्गमा रहेका व्यक्तिमा मात्र होइन, जहाजमा सँगै रहेका अरु यात्रुमा पनि यस्तो संक्रमण सर्ने सम्भावना हुन्छ । यो भाइरसको संक्रमण एकबाट अर्कोमा सर्न रोक्नु नै अहिलेको लागि ठूलो रोकथाम हो । यो भाइरसको संक्रमण हुनेलाई रुघाखोकी लाग्ने, श्वासप्रश्वासमा अत्यधिक समस्या देखिने र एक सय चार डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउने गर्छ । यसबाहेक जीउ र टाउको दुख्ने पनि हुन्छ ।

संक्रमण सुरुमा सामान्य देखिए पनि पछि निमोनियासम्म भई ज्यानै जान सक्छ  । नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरल प्रभावित देशहरूबाट आउने मानिसलाई दुई साताभित्र रुघाखोकी लागेमा, ज्वरो आएमा, घाँटी–टाउको दुखेमा, श्वासप्रश्वासमा समस्या भएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न सार्वजनिक सूचना समेत जारी गरेको छ ।

विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ महामारीका कारण विश्व अर्थतन्त्रमा परेको असरसँगै हाम्रो देशमा पनि यस कोरोना महामारीले प्रत्यक्ष असर पारेको छ । यसले आर्थिक क्षेत्रमा मात्र नभएर देशको धार्मिक तथा सामाजिक मूल्य–मान्यतामा समेत असर पारेको छ । अझै यो अर्थतन्त्र राष्ट्रमा पुनरुत्थान हुनका लागि धेरै लामो समय लाग्न सक्ने विभिन्न अर्थविज्ञहरूले बताएका छन् ।

यस कोरोना कहरले विश्वभरी कुल संक्रमण संख्या पाँच करोड ५९ लाख ३२ हजार छ सय २४ रहेको छ भने त्यसै गरी विश्वमा निर्को हुनेको संख्या भने तीन करोड ८९ लाख ४९ हजार तीन सय ९३ पुगेको छ । यसलाई प्रतिशतमा हेर्ने हो भने विश्वमा कुल संक्रमणमध्ये ६९ दशमलव ६४ प्रतिशत कुल निर्को हुने संख्या हो । त्यसरी नै कुल मृत्यु हुनेको संख्या १३ लाख ४२ हजार नौ सय २८ पुगेको छ । यसलाई प्रतिशतमा भन्ने हो भने कुल संक्रमणमध्ये २ दशमलव ४० प्रतिशतको मृत्यु भएको तथ्यांकले देखाएको छ । त्यसपछि सबैभन्दा बढी अमेरिकामा कुल संक्रमितको संख्या एक करोड १६ लाख ९३ हजार नौ सय ३८ पुगेको छ । त्यसरी नै सोहि देशको कुल निर्को हुनेको संख्या ७० लाख ८२ हजार नौ सय ४० अर्थात् प्रतिशतमा ६० दशमलव ५७ प्रतिशत रहेको छ ।

उक्त देशमा त्यसरी नै कुल संक्रमितमध्ये मृत्यु हुनेको संख्या दुई लाख ५४ हजार दुई सय ४४ अर्थात् २ दशमलव १७ प्रतिशत कुल मृत्यु भएको तथ्यांकले देखाएको छ । त्यसै गरी हाम्रो छिमेकी राष्ट्र भारतको भने कुल संक्रमित संख्या ८९ लाख १२ हजार सात सय चार रहेको छ भने निर्को हुनेको संख्या भने ८३ लाख ३३ हजार १३ अर्थात् ९३ दशमलव ५० प्रतिशत कुल निर्को हुने संख्या देखिएको छ । त्यसरी नै सो देशको कुल मृत्यु हुने संख्या एक लाख ३१ हजार ३१ जसलाई प्रतिशतमा हेर्ने हो भने १ दशमलव ४७ प्रतिशत हुने तथ्यांकले प्रष्ट पारेको छ ।

त्यसरी नै देशको कोभिड–१९ को कुरा गर्ने हो भने कुल संक्रमित संख्या दुई लाख ११ हजार चार सय ७५ पुगेको नेपाल सरकारको तथ्यांकले देखाएको छ । त्यसमध्ये कुल निर्को हुनेको संख्या भने एक लाख ७९ हजार दुई सय ४२ अर्थात प्रतिशतमा भन्ने हो भने ८४ दशमलव ७६ प्रतिशत रहेको देखिन्छ । त्यसरी कुल संक्रमितमध्ये मृत्यु हुनेको संख्या भने एक हजार दुई सय ४७ अर्थात् शून्य दशमलव ५९ प्रतिशत रहेको सरकारी तथ्यांकले देखाएको छ ।

समग्रमा भन्नुपर्दा यो कोरोना भाइरस मानिसमा पहिलो पटक देखा परेको हो । सन् २००० मा चीनमै करिब आठ सय व्यक्तिहरूको मृत्यु हुनेगरी देखा परेको सार्स भाइरस पनि एक प्रकारको कोरोना भाइरस नै थियो । यसरी कोरोना भाइरस रोक्न जापान, दक्षिण कोरिया, थाइल्यान्ड, सिंगापुर, मलेसिया र अमेरिकाले विभिन्न किसिमका विधि अपनाउँदै आएका छन् । मूलतः यी दुवै भाइरस चीनबाट फैलिएका हुन् । यसर्थ सार्स बिरालोबाट मानिसमा र मर्स उँटबाट मान्छेमा संक्रमण भएको थियो । कोरोना भाइरसको उद्गमबिन्दु भने उहान प्रान्तको सी फुड (समुद्री खाना) मानिएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार भाइरस समूहमा ६ वटा प्रजातिका भाइरस सूचीकृत छन् । तर चीनमा देखिएको भाइरस नौलो हो । जनावरबाट मानिसमा सरेको मानिएको यो सरुवा रोग हो । यसर्थ छिमेकी राष्ट्र चीन नै यो भाइरसको उद्गमस्थल थियो । जसले गर्दा यो महामारीबाट नेपाल अछुतो हुन सकेको छैन् । त्यसैले बेलैमा रोकथामको नियन्त्रणमा युद्धस्तरमा लागिपर्नु नेपाल सरकार, राजनीतिक पार्टीहरू, नागरिक समाज, स्वस्थ्य क्षेत्रहरूका सम्पूर्ण विज्ञहरू यसमा लागि पर्नुपर्ने बेला खट्किएको छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया