Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगखाद्य सुरक्षा र पोषणको आवश्यकता

खाद्य सुरक्षा र पोषणको आवश्यकता


विश्वनाथ खरेल
नेपाललगायत विश्वमा बढिरहेको जनसंख्याको अनुपातमा खाद्य सुरक्षा खस्कँदै गएको विभिन्न सरोकारवाला निकायले जनाएका छन् । खाद्य सुरक्षा क्षेत्रमा काम गर्ने विभिन्न निकायले खाद्य अभावका कारण विश्वमा हजारौँ व्यक्तिको ज्यान गइरहेको र यो संख्या अझै बढ्नसक्ने चेतावनी समेत दिएका छन् ।

विश्व खाद्य कार्यक्रमले यो क्षेत्रमा कार्यरत विभिन्न संस्थाहरूले दिएको प्रतिवेदन सार्वजनिक गरेका छन् । उक्त प्रतिवेदनमा उल्लेख गरिएका सरकारी र गैरसरकारी संस्थाले विभिन्न कार्यक्रमहरू गर्ने तय गरेका छन् । खाद्य तथा कृषि संगठनले विगतको वर्षको तुलनामा विश्वमा भोका मानिसहरूको संख्या बढ्दै गएको र यो संख्या झन्डै एक अर्बको हुनसक्ने जनाएको हो । देशको कुरा गर्ने हो भने भोकमरी ग्रस्त देशको ५६औँ स्थानमा रहेको छ । नेपालको कृषि क्षेत्र धेरै भएपनि यहाँको जनशक्ति पलायनलगायतको कारण यो क्षेत्रमा आश्रित हुनेहरूको संख्या घट्दै गएको जनाइएको छ । यसले उत्पादनमा कमी आउने तथा खाद्यान्न आयात गर्नुपर्ने अवस्था आउने आशंका बढेको सम्बन्धित क्षेत्रले बताएको छ ।

कृषि क्षेत्रमा आधुनिकीकरण हुन नसक्नु, सिँचाइको उचित व्यवस्था नहुनु, युवा पुस्तामा कृषि पेसाप्रति रुचि नदेखिनु, राज्यले कृषि क्षेत्रको विकासमा ध्यान नदिनु, खेती गर्ने किसानसँग जमिन नहुनु र खाद्यान्नको वैज्ञानिक भण्डारण गर्ने स्थानको कमी लगायतका कारणबाट नेपालमा खाद्य उत्पादनमा कमी आउन थालेको बताइएको छ । त्यसै गरी कृषि विकासको लागि खाद्यान्न उत्पादनमा सरकारले ध्यान जानुपर्नेमा विज्ञहरूको भनाइ रहेको पाइन्छ । विशेषगरी नेपालको तराई क्षेत्र खाद्यान्न उत्पादन हुने क्षेत्र हो । तर तराईमा पनि सहरीकरण बढेको कारण खाद्यान्न उत्पादनमा कमी आइरहेको बताइएको छ ।

मानवको शारीरिक विकास र तन्दुरुस्तीका लागि आवश्यक पर्ने पौष्टिक तत्वहरूको कमी भएमा शारीरिक दुर्बलताको सिकार भइन्छ । जसलाई कुपोषण अर्थात् पोषणको कमी भनिन्छ । नेपालमा पाँच वर्षमुनिका करिब ५० प्रतिशत वा भन्दाबढी बालबालिका पोषणको अभाव रहेको बताइन्छ । जसका कारण उनीहरूको अकालमा मृत्यु समेत हुनेगरेको छ । संसारमा बढ्दो रूपमा जनसंख्या वृद्धि भई रहेको एकातिर छ भने अर्कोतिर त्यसको लागि खाद्यान्नको आवश्यक पर्छ । त्यसको भरण पोषणको लागि खाद्यान्न नै आवश्यक पर्छ । संसारमा हरेक आठमध्ये एकजना अति भोका भएको राष्ट्र संघीय खाद्य निकायहरूले आफ्नो प्रतिवेदनमा जनाएको थियो । त्यसैगरी विभिन्न सहयोग समूहले बढ्दो खाद्य मूल्यले भोक विरुद्धको युद्धमाथि नकारात्मक प्रभाव पार्ने चेतावनी दिएका छन् ।

सन् २०१० देखि २०१२ को बीच संसारका ८६ करोड ८० लाख मानिस भोका रहेको खाद्य असुरक्षाबारे सार्वजनिक गरिएको प्रतिवेदनमा राष्ट्रिय निकायहरूले बताएको थियो । यो संख्या पृथ्वीको कुल जनसंख्याको १२ दशमलव ५ प्रतिशत हो । यसअधि सन् १९९०–९२ मा यो आँकडा एक अर्ब अर्थात् १८ दशमलव ६ प्रतिशत पुग्ने अनुमान गरिएको थियो । पछिल्ला आँकडाको आधारमा तयार गरिएको नयाँ तथ्यांक पहिले अनुमान गरिएको भन्दा कम छ । यसअघि सन् २०१० मा ९२ करोड ५० लाख र २००९ मा एक अर्ब २० लाख मानिस भोका हुने अनुमान गरिएको थियो । यो हाम्रा लागि राम्रो समाचार हो तैपनि अझै पनि हरेक आठमध्ये एकजना मानिस भोकै छ ।

भोक निर्मूलीकरणको अधिकांश सुधार सन् २००६ भन्दा अगाडि नै गरिएको हो, जुनवेला मूल्य निरन्तररूपमा घटिरहेको थियो, तर अब मूल्य बृद्धि र आर्थिक संकटसँगै यो दिसामा थोरै मात्र उपलब्धि हासिल हुन थालेको छ । पछिल्ला केही महिनामा संसारमा खाद्यान्नको मूल्य विस्तारै बढिरहेको छ । अमेरिका, रसिया र केही मुख्य अन्न निर्यातकर्ता मुलुकमा भएको खडेरीले यसलाई बढवा गर्ने काम गरेको छ । विकासशील मुलुकहरूमा भोकाको संख्या ८५ करोड २० लाख रहेको प्रतिवेदनमा उल्लेख छ । जुन १४ दशमलव ९ प्रतिशत हो । पछिल्ला दुई दशकमा एसिया र प्रशान्तमा भोकाको संख्यामा करिब ३० प्रतिशतले कमी आएको छ । तर, यही अवधिमा अफ्रिकामा भने यसको संख्या सन् १९९०–९२ मा १७ करोड ५० लाखबाट बढेर सन् २०११–१२ मा २३ करोड ९० लाख पुगेको थियो ।

अन्त्यमा भन्नुपर्दा कृषिको विविध क्षेत्रहरूको विकास गरी उत्पादन बढाउनु पर्ने एकातिर छ भने अर्कोतिर उत्पादित खाद्यान्नहरूलाई सुरक्षित राख्न त्यतिकै आवश्यक छ । तथापि, नेपाल सरकारले पनि खाद्य सुरक्षा तर्फ विशेष ध्यान दिनु पर्ने बेला आएको छ । देशका अधिकांश जिल्लाहरूमा खाद्यान्नको अभाव हुने गरेको विभिन्न सञ्चारमाध्यमहरूबाट आउँने गरेको पाइन्छ । यसको लागि बेलैमा सम्बन्धित निकायहरूले के कस्तो नीति लिनुपर्ने हो सो कार्य गर्नु अति नै जरुरी भइसकेको छ ।

यसको साथसाथै पोषणको अभावमा वा बालबालिको स्वास्थ्यमा समस्या आउने तथा भविष्यमा उनीहरूको कार्य क्षमतामा प्रतिकूल असर पार्ने कुरा संयुक्त राष्ट्रसंघीय विश्वखाद्य कार्यक्रमले समेत प्रष्ट पारिसकेको छ । गरिबीका कारण, पौष्टिक तत्व तथा सन्तुलित भोजनबारे अनभिज्ञता, भौगोलिक बनाबटका कारण एक ठाउँबाट अर्को ठाउँमा खाद्यान्न पु-याउन नसक्नु, आफ्नो घरको करेसाबारीमा भएका सागसब्जी, फलफूल, गेडागुडी एवं अन्य परिकारहरू अनुपात मिलाएर खान नजान्नु आदि कुपोषणका केही कारण हुन् । त्यस्तै कुपोषणका केही कारण हुन् ।

त्यस्तै भौगोलिक बनाबट, हावापानी, आर्थिकस्तर आदिलाई ध्यान नदिई विदेशबाट आयात गरिएको महँगो खाद्य पदार्थबाट मात्र सन्तुलित भोजन प्राप्त हुन्छ भन्ने गलत धारणा रहेको पाइन्छ । सजिलोका लागि बालबालिकालाई अभिभावकले नै जंकफुड दिनाले पनि पोषणको कमी भएको पाइएको छ । यसबाट भविष्यमा कस्तो किसिमको व्यक्ति तथा समाज निर्माण होला यसै भन्न सकिन्न । त्यसैल बालबालिकालाई कुषोषणबाट जोगाउन, उनीहरूको भविष्य राम्रो बनाउन व्यक्ति, समाज र अर्थतन्त्रलाई रूपान्तरण गर्न पोषणयुक्त खानामा लगानी जरुरी छ । खाद्यान्नको स्तरलाई मूल्यांकन गर्ने हेतु प्रथम पोषण सम्मेलन सन् १९९२ मा भएको थियो भने दोस्रो सम्मेलन सन् २०१४ को नोभेम्बर १९ देखि २१ सम्म इटालीको रोममा भएको थियो ।

सो अन्तर्राष्ट्रिय पोषण सम्मेलन दोस्रोमा पहिलो सम्मेलनको प्रगतिको समीक्षा गर्ने आउँदो दिनको चुनौतीलाई कसरी समाधान गर्दै सुधारको बाटोमा कसरी अगाडि बढ्नेमा व्यापार छलफल गरिने भएको छ । हालको दशकमा केही राष्ट्रहरूले कुपोषणमा महत्वपूर्ण कटौती हासिल गरेका छन् । तर प्रगति असमान किसिमको छ र राम्रो पोषणको लागि राम्रो भोजन व्यवस्थापनको उपभोग गर्नुपर्ने जरुरी छ । यसको साथसाथै कुपोषण र यसको मूल कारणहरू जटिल छन् । त्यसकारण प्रभावकारी नियोजन, सहयोग, समन्वयको साथमा सही तथ्यांक, आम दृष्टि, कुशल प्रशासन र सबभन्दा महत्वपूर्ण राजनीतिक नेतृत्व हुनु अति आवश्यक छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया