Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगअग्लिँदै सगरमाथा

अग्लिँदै सगरमाथा


काठमाडौं ।
संसारको कुल भू–भागको २२ प्रतिशत पर्वतीय क्षेत्र रहेकोमा नेपालको कुल भू–भागको २२ प्रतिशत मात्रै गैरपर्वतीय क्षेत्र छ । बाँकी सबै पर्वतीय क्षेत्र हो । विश्वमा कुल जनसंख्याको १० प्रतिशतभन्दा कम पर्वतीय क्षेत्रमा छ तर नेपालमा आधाभन्दा बढी जनसंख्या पर्वतीय क्षेत्रमा छ । विश्वको सर्वोच्च पर्वत सगरमाथा मात्रै होइन आठ हजार मिटरदेखि माथि उचाइका अधिकांश पर्वतहरू नेपालमा छन् । यसैगरी नेपालमा भएका पर्वत शृंखलाहरू दक्षिण एसियाका लागि जीवनदायिनी हुन् । यसरी यो शिखरबाट नै अविरल रूपमा पग्लने हिउँबाट दुई अर्बभन्दा बढी जनसंख्याको पानीको स्रोत नै हो ।

मुलुकले पहिलो पटक आफ्नै स्रोत र साधनको माध्यमबाट सगरमाथाको उचाइ मापन गरेको छ । मूलतः यो नेपाल र चीन सरकारले संयुक्त कार्यक्रम गरी आठ हजार आठ सय ४८ मिटर साबिक रहेको सगरमाथाको उचाइ ८६ सेन्टिमिटर वृद्धि भएको सार्वजनिक भयो । सन् १९५४ मा सर्भेअफ इन्डियाले सार्वजनिक गरेको आठ हजार आठ सय ४८ मिटरलाई हालसम्म आधिकारिक मानिँदै आएको थियो भने अहिलेको सर्भेले ८६ सेन्टिमिटर बढेको अध्ययनले देखाएको छ ।

सन् १९५४ भन्दा एक सय वर्षपहिले नै यो चुचुरोलाई संसारको सबैभन्दा अग्लो चुचुरो मानेर ब्रिटिस सर्वेयरले पहिचान गरेका थिए, जसका नाममा चुचुरोको नाम माउन्ट एभरेस्ट राखिएको थियो । त्यतिबेला कुनै नेपालीले यसको उचाइ मापन गर्न पाएको भए यसको नाम पनि अलग रहन सक्थ्यो । अतः सगरमाथा पनि धेरैपछि बाबुराम आर्चायले राखेको नाम हो । यसको नेपालतिरको रैथाने नामचाहिँ चोमोलोङमा रहेको छ । त्यसको ६४ वर्षपछि नेपालले आफ्नै प्राविधिकबाट सगरमाथाको उचाइ मापन गरेको हो ।

विसं २०७२ को भूकम्पपछि सगरमाथाको उचाइमा घटबढ भएको हुनसक्ने भन्दै प्रश्न उठेपछि सरकारले एकल पहलमा सगरमाथाको उचाइमापन सुरु गरेको थियो । तर, चिनियाँ पक्ष पनि पछि त्यसमा मिसिएपछि दुवै मुलुकको अपनत्व हुनेगरी उचाइ मापन गरियो । यसअघि नेपाल र चीनबीच सगरमाथाको उचाइको विषयलाई लिएर विभिन्न सयममा विवाद हुने गरेको थियो । यसर्थ अब यो संयुक्त अध्ययनपछि अब विवादको टुंगो लागेको छ ।

सन् २०१९ को अक्टोबरमा चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणमा नेपाल र चीनबीच संयुक्त विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ । नेपाल र चीनले गरेको मापनमा पहिलेभन्दा अग्लो भएको पाइएको हो । अब सगरमाथाको उचाइ आठ हजार आठ सय ४८ दशमलव ८६ मिटर भएको छ ।

उक्त शिखरको मापन करिब १३ करोड रूपैयाँ लागतमा सिरहाको माडरलाई ‘प्री साइड लेभलिङ’लाई आधार बनाएर विश्वमा प्रयोग भएका पुराना र नयाँ मापनका विधिलाई अनुसरण गरेर स्थलगत तथ्य संकलन, प्रशोधन गरी नतिजा सार्वजनिक गरिएको थियो । सो मापनमा जीएनएसएस र जीपीएस विधिबाट सिरहाको माडरदेखि सोलुखुम्बुको पिके, पातले डाँडा, चुलायमुनसम्म करिब दुई सय ४८ किलोमिटरमा समतल नापीको सर्वेक्षण गर्नेदेखि तीन सय ४६ स्टेसनबाट जीएनएसएस सर्भे गरी तथ्यांक संकलन तथा प्रशोधनपछि नतिजा प्राप्त भएको विभागले जनाएको छ ।

पृथ्वीको ५१ करोड वर्गकिलोमिटर क्षेत्रफलको तुलनामा नेपाल डेढ लाख वर्गकिलोमिटरभन्दा पनि थोरै कम छ । विश्वको सानो क्षेत्रफल नेपालले ओगटे पनि यसमा रहेको विविधता विश्व जनमतलाई नै अचम्म पार्ने छन् । विश्वका सर्वोच्च एक दर्जन शिखरमध्ये दुई तिहाइ शिखर नेपालमै छन् । यो सर्वोच्च शिखर विश्वको तेस्रो धु्रव, वल्र्ड वाटर टावर (विश्वको पानीधुरी) समेत भनिने सगरमाथा हेर्न संसारभरका मानिसले नेपाल नै आउनुपर्छ ।

अन्यत्र कहीँकतै गएर विश्वको शिखर हेर्न पाइँदैन । त्यसैले सगरमाथा विश्वकै प्रतीक हो, जो नेपालमा अवस्थित छ । नेपाल र चीनले सगरमाथाको नयाँ उचाइ मापन गरी विश्वमा सार्वजनिक गरेका छन् । यसमा दुवै देशहरूले समान उचाइ सार्वजनिक गरेका थिए । यसभन्दा अगाडि नेपालतर्फबाट आठ हजार आठ सय ४८ मिटर र चीनतर्फबाट आरोहण गर्दा सगरमाथाको उचाइ आठ हाजरा आठ सय ४४ दशमलव ४३ मिटर प्रमाणपत्रमा उल्लेख गरिने गरिएको थियो । यसरी उचाइमा एकरूपताको प्रमाणपत्र दुवै देशले जारी गर्ने भएसँगै सहजता प्राप्त हुन सकेको थिएन ।

यसभन्दा पहिले पनि भारत, चीन, अमेरिका, इटली र डेनमार्कले सगरमाथाको मापन गरेका थिए । नेपालले सबै मापनलाई अस्वीकार गर्दै आएको थियो । अझ नेपालले यो हिमालको नाममा उन्ट एभरेस्टलाई पनि अस्वीकार गर्ने गरेको छ । संसारका विभिन्न देशहरूबाट विभिन्न समयमा उच्च टाकुराको मापन भएको थियो । त्यसलाई हाम्रो देशले मान्यता दिएको थिएन । पछिल्लो समय सन् २००५ मा चिनियाँहरू र सन् १९९९ मा अमेरिकी न्यास्नल जिओग्राफिक सोसाइटीले सगरमाथाको उचाइ आठ हजार आठ सय ५० मिटर रहेको बताएको थियो तर त्यसलाई नेपालले मान्यतादिएको थिएन ।

यसको साथसाथैसगरमाथाको उचाइसँगै अग्लिँदै उचो सगरमाथा नेपाल र चीनको सम्बन्ध र बेइजिङका अनुसार सगरमाथाको नयाँ औपचारिक उचाइ आठ हजार आठ सय ४८ दशमलव ८६ मिटर अर्थात् २९ हजार ३१ दशमलव सात फिट पुगेको छ । विगत ६५ वर्षदेखि यसको उचाइ आठ हजार आठ सय ४८ मिटर वा २९ हजार २८ दशमलव ८७ फिट स्वीकारिएको थियो । उचाइ सार्वजनिक गर्ने क्रममा नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सगरमाथाको उचाइसँगै चीन र नेपालबीचको सम्बन्ध पनि बढेको बताए । ज्ञवाली र उनका चिनियाँ समकक्षीले भर्चुअल माध्यमबाट संयुक्तरूपमा उचाइ सार्वजनिक गरेका थिए ।

समग्रमा भन्नुपर्दा विश्वमा नै सगरमाथाको उचाइ थप उँचो र सगरमाथाको सन्देश विश्वभर पुगेको छ । नयाँ उचाइ सार्वजनिक भएसँगै यसको महत्व अझ बढेर गएको छ । नेपाल भनेको माउन्टेनरीको इन्टरनेसनल क्यापिटल हो चीन र नेपालको सीमामा रहेको सगरमाथा बढी नै रोयल्टी बुझाएर भए पनि शिखरमा पाइला टेक्नु विदेशीका लागि गौरवको विषय हो र हुँदै आएको छ । वास्तविक साहसिक पर्वतारोहण गर्न चाहनेका लागि नेपाल साइड सबैभन्दा उपयुक्त हो ।

किनभने नेपालतर्फबाट आरोहण गर्दा लुक्लाबाट सगरमाथाको शिखरसम्म पैदलयात्रा गर्नुपर्ने अवस्था छ । करिब पाँच हजार तीन सय ६४ मिटरमा बेसक्याम्प रहेको छ । कम्तीमा त्यहाँदेखि शिखरसम्म पैदलयात्रा तय गर्नुपर्छ । अतः नेपालतर्फको आरोहणमा संलग्न आरोहीका अनुसार प्रत्येक ऋतुमा यसको सौन्दर्यता र प्राकृतिक टेस्ट पाउने गरेको बताउने गरेका छन् । यसले गर्दा यहाँ आउने गरेको पर्यटकले बताउँदै आएका छन् । यी समग्र कारणहरूले गर्दा पर्यटन भनेको माउथ टु माउथ प्रचार हुने भएकाले पनि नेपालतर्फको आरोहण आफैँमा पृथक र साहसिक छ ।

पछिल्लो समय नेपाल सरकारको साधन र स्रोतको उपयोग गरेर नयाँ उचाइ प्राप्त भएसँगै सगरमाथाको थप प्रचार भएकाले अझ बढी सगरमाथा चढ्ने संख्या जृद्धि हुनजाने सम्भावना एकातिर व्यापक रहेको छ । त्यसैगरी अर्कोतिर हेर्ने हो भने हरेक सय वर्षको अन्तरालमा यसको उचाइ आधा मिटरले बढ्ने गर्छ । यसैले यसको वास्तविक उचाइ मापन ५० देखि सय वर्षमा गरिरहनु र त्यसको प्रमाणित उचाइबारे जानकारी राख्दै जानु स्वाभाविक विषय हो । तसर्थ संसारको सबैभन्दा अग्लो चुचुरोका रूपमा यसको पहिचान रहने नै भयो ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया