Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगचीनको आर्थिक र अन्य क्षेत्रका विकास र अवस्था

चीनको आर्थिक र अन्य क्षेत्रका विकास र अवस्था


काठमाडौं ।
चीनमा दुई दशक लामो औद्योगीकरण र दुई अंकको आर्थिक विकास भए पनि वातावरण सुधार्नसकेको देखिँदैन । त्यसैकारणले चीनको कम्युनिस्ट पार्टीले आगामी वर्षहरुमा वातावरण प्रदूषण हटाउन जोड दिने भनिएको थियो । कोरोना भाइरस महामारीबाट केही राहत प्राप्त भएकाले चीनको निकासी सन् २०२० जुलाईमा ७.२ प्रतिशतले बढेको पाइन्छ ।

चीनको आर्थिक वृद्धिदर सन् २०२० जनवरीतिर विगत ३० वर्षयताकै भन्दा कम अर्थात् ६.१ प्रतिशत भएको थियो । यो कोरोना भाइरस महामारीको सुरु थियो । त्यसर्थ कोराना भाइरसका कारण २०२० र २०२१ मा चीनको आर्थिक वृद्धि कम हुने नै भयो अर्थात् ६.१ प्रतिशतको आर्थिक वृद्धिभन्दा कममा ३.२ प्रतिशतमा रहने आकलन गरिएको छ ।

अमेरिकासँग भन्सार दरमा केही किचलो देखिए पनि अमेरिकातर्फ चीनको निकासी १२.५ प्रतिशतले अगष्ट २०२० बढेको भनिन्छ । विश्वको निकासी वृद्धिदर जुनको ३ प्रतिशत वृद्धिभन्दा बढी छ । चीनमा जुन–जुलाईमा निकासीमा समग्र वृद्धि भएको देखिन्छ । चीनमा २०१९ को अन्ततिरबाट भएको कोरोना महामारीपश्चात् पनि अर्थतन्त्रमा उपलब्धि हासिल गरेको देखिन्छ । कोरोना भाइरस महामारीपश्चात् विश्वको दोस्रो अर्थतन्त्र चीनको आर्थिक वृद्धि ३.२ प्रतिशत रहन गएको बताइन्छ । लामो समयदेखि अमेरिका र चीनबीच चल्दै आएको व्यापार युद्धले चीनमा ठूलै रुपमा असर देखाउँदै आएको छ ।

अमेरिका र चीनबीच चलेको व्यापार युद्धका कारण अमेरिकाले चिनियाँ सामानमाथि ठूलो परिमाणको भन्सार शुल्क लगाउँदै आएको छ ।
चीनले २०१९ को रक्षा बजेटमा ७.५ प्रतिशतले वृद्धि गरेको छ । सन् २०१६ मा रक्षा बजेटमा ७.६ मात्र वृद्धि भएको थियो । यसपछि २०१७ मा ७ प्रतिशत र २०१८ मा ८.१ प्रतिशतको वृद्धि गरिएको थियो । कतिपय ठूला देशले आफ्नो जीडीपीको २ प्रतिशतसम्म रक्षामा खर्च गर्ने गरेको छ । तर चीनले सन् २०१८ मा आफ्नो जीडीपीको केवल १.३ प्रतिशतमा रक्षामा खर्च गरेको थियो ।

विश्व अर्थतन्त्र सन् २०१९ मा स्थिर अवस्थामा रहने आधिकारिक स्रोतले बताएको थियो । विगत दुई वर्षमा विश्वको आर्थिक क्षेत्र कमजोर रहेको देखिएको थियो । आर्थिक क्षेत्रमा विश्वमा महत्वपूर्ण हासिल भएको बताइन्छ । विभिन्न देशका आर्थिक क्षेत्रहरुमा सुधार आउनुको पछाडि विश्व व्यापारमा देखिएको सुधार र लगानीको अवस्थामा देखिएको सुधार नै मानिएको छ । भविष्यमा सुधारका लागि संघर्ष गरिरहेका देशलाई उचित किसिमको आर्थिक नीतिहरु ल्याउनको लागि सहयोग हुने भनिएको थियो ।

एसियाका विकासशील देशमा भएका वृद्धिले विश्वव्यापी अर्थतन्त्रमा ६० प्रतिशतको योगदान गर्ने देखिएको छ । चीनको अर्थतन्त्र उपभोगमुखीतर्फ जान लागेको र पछिल्ला वर्षमा विश्वव्यापी जोखिमका बाबजुद विकासशील एसियाले विश्वव्यापी अर्थतन्त्र अगुवाइ गर्नेछ । चीनको आर्थिक वृद्धि सन् २०१७ र २०१८ मा क्रमशः ६.९ प्रतिशत र ६.२ प्रतिशत भनिएको थियो ।

२०१८ को सुरुतिर चीनले ६ दशमलव ८ प्रतिशतले आर्थिक वृद्धि हासिल गरेको थियो । २०१८ मा चीन सरकारले यस वर्ष ६ दशमलव ५ प्रतिशतको आर्थिक सुधार गर्ने भनिएको छ । चीनको आर्थिक सुधारको नतिजा सन् २०१८ को अघिल्ला महिनामा स्थिर भएको महशुस गरिएको थियो । चीनको आर्थिक वृद्धिदरको नतिजा सन् २०१७ मा पनि कमजोर रहेको थियो । चीनमा २०१८ मा मकै आयातमा वृद्धि भएको छ । पछिल्लो समयमा चीनमा खाद्यान्नको उत्पादनमा निकै कम भएको छ । तर चीनमा भटमासको उत्पादनमा २०१७ मा वृद्धि भएको थियो । तर २०१७ मा चीनले नौ करोड ५५ लाख टन बराबरको भटमास आयात गरेको थियो ।

चीनले २०१७ मे महिनाको अन्तिम सातातिर आफ्नो चिनी आयातमा प्रतिबन्ध निर्णय गरेको थियो । यस्तो प्रतिबन्ध तीन वर्ष अर्थात् २०२० सम्म गरिएको बताइन्छ । आफ्नो आन्तरिक मिलहरुको विस्तारको लागि चीनले यस किसिमको कदम लिएको थियो । चीन विश्वको सबैभन्दा ठूलो चिनी आयातकर्ता देशको रुपमा रहिआएको छ । चीनमा वार्षिक रुपमा एक करोड पाँच लाख टन उखु उत्पादन गर्दै आएको थियो । साथै चीनले थप ३० लाख उखु आयात गर्दै आएको थियो ।

चीनको औद्योगिक नाफामा २०१७ को सुरुतिर २० प्रतिशतभन्दा बढीको वृद्धिदर हासिल भएको थियो । सन् २०१७ मा चीनले औद्योगिक क्षेत्रमा सुधारको राम्रो संकेत देखिएको थियो । २०१६ अघिल्ला छ महिनामा चीनको निर्यात व्यापारमा चार दशमलव ८ प्रतिशतको स्खलन आएको थियो । आयात व्यापार पनि आठ दशमलव ४ प्रतिशतले खसेको थियो ।

सन् २०१७ नोभेम्बरमा चीनको आयात र निर्यात व्यापारमा उल्लेख्य सुधार आएको थियो । निर्यातमा १० प्रतिशतले वृद्धि भएको थियो भने आयात व्यापारमा १५ प्रतिशतले वृद्धि भएको थियो । २०१७ को सुरुदेखि नै वैदेशिक व्यापारमा सुधार आएको थियो । चीनमा दुई दशक लामो औद्योगीकरण र दुई अंकको आर्थिक विकास भए पनि वातावरण सुधार्नसकेको देखिँदैन । त्यसैकारणले चीनको कम्युनिस्ट पार्टीले आगामी वर्षहरुमा वातावरण प्रदूषण हटाउन जोड दिने भनेको थियो ।

तर चीनको आर्थिक वृद्धि सन् २०१६ मा ६.७ भएको थियो । अरु क्षेत्रको दाँजोमा दक्षिणी एसिया तीव्र वृद्धिको आशा लिइँदै आएको देखिन्थ्यो । क्षेत्रकै ठूलो भारतीय अर्थतन्त्रको पनि ७.४ प्रतिशतका दरले प्रक्षेपण गर्दै आएको थियो । चीनले विश्व अर्थतन्त्रमा सन् २०१६ मा विश्वप्यापी आर्थिक सुशासनमा रचनात्मक भूमिका निर्वाह गरेको थियो । चीनको औद्योगिक क्षेत्रको नतिजा सन् २०१६ मा केही बलियो रहेको थियो । सन् २०१५ को तुलनामा २०१६ मा ६.९ प्रतिशतले सुधार आएको थियो । चीनको कुनै वर्ष त निर्यातआयात व्यापारमा आशा गरिएभन्दा पनि ठूलो कमी आएको देखिन्छ । यस्तो कमी एक दशमलव ४ प्रतिशतले भएको देखिन्छ । कुनै वर्षको सुुरुमै सात दशमलव सात प्रतिशतले कमी आएको देखिन्छ ।

चीनको कोइला खपतको नतिजा सन् २०१६ मा पनि २०१४ भन्दा कम भई ६२ प्रतिशतको कोइला प्रयोगको हिस्सा ओगटेको थियो । चीनका प्रमुख सहरहरु विभिन्न किसिमका प्रदूषणको चापमा परेपछि चीनले कोइलाको उत्पादनमा गिरावट ल्याउँदै नवीकरणीय ऊर्जाको विस्तारको योजना सार्दै आएको देखिन्छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र बोकेको चीन विश्वको सबैभन्दा बढी मानवनिर्मित कार्बन उत्सर्जन गर्ने देश हो । यस्मा विश्वको पहिलो अर्थतन्त्र बोकेको अमेरिका दोस्रो दर्जामा रहँदै आएको छ ।

चीनले सन् २०१६ को अन्ततिर विगतका एक दशकको तुलनामा पहिलोपटक निर्यात अनुमति दिएलगत्तै मकै निर्यात गरेको थियो । सन् २०१५ र २०१६ मा चीनको सेवाको व्यापारघाटा बढी भए पनि २०१७ को सुरुतिर चीनको सेवाको व्यापार बढेको थियो । पर्यटकहरुका कारण चीनको सेवा क्षेत्रको व्यापार घाटामा १९ अर्ब ७० करोड अमेरिकी डलरको हिस्सा ओगटेको थियो ।

चीन पर्यटकहरुका लागि एक प्रमुख आकर्षक गन्तव्य रहेको कारण पनि चीनको लागि पर्यटकहरुको सेवाको क्षेत्रमा गर्ने खर्च उल्लेख्य रहेको पाइएको थियो । चीनको आयात र निर्यात व्यापारमा कमी आउनुमा पनि चीनको उत्पादनको क्षेत्र कमजोर रहेको थियो । विश्व बजारमा देखिने गरेका कमजोर तेलको मूल्यका कारण विश्वका देशहरुको निर्यात व्यापारमा उल्लेख्य गिरावट आउने गरेको देखिएको छ ।

विश्वको व्यापारिक क्षेत्र सन् २०११ देखि २०१६ सम्मकै कमजोर गतिमा २०१६ मा देखिएको थियो । विश्वबजारको आर्थिक अवस्थामा कमजोर रहेका कारण विश्वका मुख्य आर्थिक व्यापार गर्ने देशहरुलाई सन् २०१६ पछिका अवधिमा बलियो आर्थिक नीति ल्याएर व्यापारिक सन्तुलन कायम गर्नको लागि विश्वका वित्तीय संस्थाहरुले मद्दत गर्दै आएका थिए र छन् ।

चीनले आफ्नो आधुनिक कृषिमा उल्लेख्य लगानीको योजना करिब डेढ वर्षअघि सारेको थियो । चीनले आफ्नो आर्थिक सुधारको लागि कृषिमा बृहत् लगानी गर्दै आएको छ । चीनले सन् २०२० सम्मको अधधिमा चार खर्ब ५० अर्ब अमेरिकी डलरबराबरका लगानी आधुनिक कृषिमा गर्ने भनिएको थियो । चीनमा यस्तो लगानी एग्रिकल्चर डेभलपमेन्ट अफ चाइनाले पाँच वर्षको लागि लगानी गर्दै आएको थियो ।

पराम्परागत कृषि प्रणालीमा सुधारको लागि चीनले आफ्नो लगानी बढाउँदै आउने भनेको थियो । चीन सरकारले खाद्य सुरक्षाको लागि नीतिअनुसारको सुधार हासिल गर्नको लागि चीन कृषि क्षेत्रको लगानी सुधारको कदम चाल्दै आएको छ । यस लगानीले बीउबीजनमा सुधारमा ल्याउने भनिएको छ । यस कदमअगाडि नै चीनले गरिबी नियन्त्रणको लागि ३० खर्ब चिनियाँ युआनबराबरको रकम ऋण लिने निर्णय थियो ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीन पछिल्ला वर्षहरुमा आर्थिक सन्तुलनका लागि संघर्ष गर्दै आएको छ । बितेका वर्षहरुमा विश्वको आर्थिक गतिविधिहरु विशेष गरी आर्थिक वृद्धिदर हासिल गर्ने देशहरु तथा विकासशील देशहरुमा कमजोर देखिँदै गएकाले आगामी वर्षहरुमा आर्थिक वृद्धिदर कमजोर रहनेछ ।

भारतले बेलायत र फ्रान्सलाई पछि पार्दै सन् २०१८ मा विश्वकै पाँचौँ ठूलो अर्थतन्त्र बनेको थियो । भारत २०१८ अघि विश्वको सातौँ ठूलो अर्थतन्त्र थियो । भारतले सन् २०३२ मा आफ्नो अर्थतन्त्रलाई विश्वकै तेस्रो स्थानमा ल्याउने योजना गरेको छ । विश्वमा देखिएको विस्तारले आगामी वर्षहरुमा संयुक्त राष्ट्रसंघले सन् २०३० सम्मको आर्थिक विकासको लक्ष्यअनुसारको विवरण हासिल हुने सम्भावना भने कमजोर रहेको बताइएको छ । तर विवरणले विश्व आर्थिक क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भइरहेको देखिएको छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया