सगरमाथा क्षेत्रको सवारी आवगमनमा सिस्नेरी पहिरो बाधक
सोलुखुम्बु । स्थलमार्गबाट पर्यटकीय जिल्ला सोलुखुम्बु भित्रिने तथा बाहिरिने एक मात्र नाका साल्मेस्थित सिस्नेरी पहिरोका कारण बारम्बर अवरुद्ध हुने गरेको छ । लगातारको वर्षासँगै ओखलढुङ्गा–सल्लेरी सडकअन्तर्गत सिस्नेरीमा निरन्तर गइरहने पहिरोले सवारी दैनिकजसो नै फस्ने गरेका छन्् ।
लगातारको वर्षाले निरन्तर पहिरो खस्न थालेपछि यातायातका साधन अवरुद्ध हुने गरेको स्थानीयको भनाइ छ । त्यस्तै, खुलेको समयमा पनि माथिबाट खस्ने पहिरोको जोखिम रहेको चालकहरूले बताएका छन् । पानी पर्नासाथ माथिबाट झर्ने पहिरोको कारण घण्टौँ सडक अवरुद्ध हुने गरेकोे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । सो क्षेत्रको सडक यस वर्ष मात्रै दर्जनभन्दा बढी पटक अवरुद्ध भइसकेको प्रहरीको भनाइ छ । पानी पर्नासाथ सडक मार्ग बन्द भएपछि जिल्ला सदरमुकाम भित्रिने तथा बाहिरिने सवारीहरू अलपत्र पर्ने गरेका छन् ।
जिल्लाबाट काठमाडौं, विराटनगर तथा छिमेकी जिल्लाका लागि छुटेका र सदरमुकाम आउँदै गरेका मालबाहक तथा यात्रुबाहक सवारीहरू दैनिक घण्टौँ रोकिने गरेको सवारी चालक लक्ष्मण घतानीले बताए । जिल्ला आउने एक मात्र सडकमार्ग भएकाले यहाँ स्वदेशी नागरिकका साथै सगरमाथा क्षेत्र आउने विदेशी पर्यटकले समेत यही सडक हुँदै यात्रा गर्ने गर्दछन् । लगातारको पहिरोले सडकको मर्मत सम्भार तथा स्तरोन्ति गर्ने जिम्मेवारी पाएको सडक डिभिजन कार्यालय हर्कपुर समेत यो कार्यबाट दिक्क भएको एक कर्मचारीले बताएका छन् ।
सडक खुलाउन जिल्ला प्रशासन कार्यालयले सडक डिभिजन कार्यालय हर्कपुर र हाइड्रोपारसँग समन्वय गरेर स्काभेटर तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले बताए । सडक बारम्बर अवरुद्ध भइरहने भएकाले खुलान तथा समन्वयका लागि सो क्षेत्रमा प्रहरी समेत तैनाथ गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईको भनाइ छ ।
क्याटेगोरी : बिबिध
ट्याग : #Page 12
ताजा अपडेट
- दश महिनामा ६० प्रतिशत बजेट खर्च
- धितोपत्र व्यवसायीको कमिसन घट्यो
- स्वस्थ जीवनका लागि योगाभ्यास आवश्यक : प्रमुख सचिव पौडेल
- आईपीएल क्रिकेट : दिल्ली र लखनउ भिड्दै
- इतिहासकार ज्ञानमणि नेपालको निधन
- सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३४ प्रतिशत बजेट खर्च
- सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो
- सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३४ प्रतिशत बजेट खर्च
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया