राष्ट्र बैंकद्वारा आठ महिनामा ५२ अर्ब ६० करोड रूपैयाँ पुनर्कर्जा प्रदान
काठमाडौं, वैशाख २१
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पछिल्लो आठ महिनाको अवधिमा ५२ अर्ब ६० करोड रूपैयाँ पुनर्कर्जा प्रदान गरेको छ । राष्ट्र बैंकका अनुसार सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ बमोजिम २०७६ फागुन मसान्तसम्ममा २७ हजार पाँच सय तीन जना ऋणीहरूमा उक्त परिमाणमा पुुनर्कर्जा प्रदान गरिएको हो ।
यसरी प्रदान गरिएको पुुनर्कर्जामध्ये २२ हजार छ सय ९१ ऋणीहरूलाई प्रवाह भएको ४९ अर्ब ५३ करोड रूपैयाँ व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा रहेको छ । राष्ट्र बैंकका अनुसार २०७५ चैत मसान्तदेखि २०७६ फागुन मसान्तसम्ममा विभिन्न बैंक तथा वित्तीय संस्थालार्ई प्राथमिकताप्राप्त क्षेत्रतर्फ प्रवाहित असल कर्जाको धितोमा साधारण पुनर्कर्जा ३१ अर्ब ५४ करोड, निर्यात पुनर्कर्जा एक अर्ब ५४ करोड र भूकम्पपीडितलाई प्रदान गरिएको पुनर्कर्जा एक अर्ब ९२ करोड गरी कुल ३५ अर्ब एक करोड ६२ लाख रूपैयाँबराबरकोे पुनर्कर्जा प्रदान गरिएको छ । २०७६ फागुन मसान्तमा साधारण पुनर्कर्जा १५ अर्ब ८३ करोड, निर्यात पुनर्कर्जा एक अर्ब एक करोड र भूकम्पपीडितलाई प्रदान गरिएको पुनर्कर्जा एक अर्ब ५३ करोड गरी कुल १८ अर्ब ३७ करोड रूपैयाँबराबरको पुनर्कर्जा बक्यौता रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
शीतघर तथा खाद्यान्न भण्डारण घर स्थापना कार्यक्रमका लागि ब्याज अनुदान मापदण्ड, २०७३ मा भएको व्यवस्थाबमोजिम विभिन्न ११ वटा शीतघर तथा खाद्यान्न भण्डारण घरलाई छ करोड ६८ लाख ब्याज अनुदान प्रदान गरिएको जानकारी समेत राष्ट्र बैंकले दिएको छ । यस अवधिमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले तोकिएका प्राथमिकताप्राप्त क्षेत्रमा न्यूनतम क्रमशः २५ प्रतिशत, १५ प्रतिशत र १० प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था छ । २०७६ पुस मसान्तसम्ममा वाणिज्य बैंकहरूले प्राथमिकताप्राप्त क्षेत्रमा २० दशमलव छ प्रतिशत कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया