Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेरो माइक्रोफाइनान्सद्वारा सहयोग

मेरो माइक्रोफाइनान्सद्वारा सहयोग


काठमाडौं, वैशाख २३
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले विश्वव्यापी फैलिएको कोभिड महामारीको रोकथामका लागि सिम्रौनगढ नगरपालिका बारालाई आर्थिक सहयोग गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत कंकालीमाई उच्च माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइन व्यवस्थापनको लागि २५ हजार रूपैयाँ सहयोग गरेको हो ।

संस्थाका अनुसार जितपुर अनुगमन कार्यालयका प्रमुख राम किशोरप्रसाद कुश्वाहाले सिम्रौनगढ नगरका प्रमुख विजय शंकर यादब तथा उप–प्रमुख रिमादेवी कुश्वाहालाई उक्त चेक प्रदान गरेका हुुन् । कोरोनाको प्रकोपलाई फैलन नदिन, क्वारेन्टाइन व्यवस्थापन तथा खाद्यान्नको व्यवस्थाका लागि सहयोग गरेको संस्थाले जानकारी दिएको छ । नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहेको संस्थाले देशको ६१ वटा जिल्लामा एक सय २० शाखा कार्यालयमार्फत लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x