नेपाल इन्स्योरेन्सको तेस्रो त्रैमासिक नाफा १३ करोड ४० लाख
काठमाडौं, वैशाख २४
नेपाल इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १३ करोड ४० लाख ८४ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले आर्जन गरेको यो मुनाफा गन आवको सोही अवधिको तुुलनामा दुुई दशमलव ६४ दशमलवले बढी हो । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो मुुनाफा १३ करोड छ लाख ३६ हजार रूपैयाँ रहेको थियो । चालू आवको तेस्रो त्रैमासिक अवधिमा कम्पनीको प्रति सेयर आम्दानी तथा प्रतिसेयर नेटवर्थ भने घटेको छ । यस अवधिमा प्रतिसेयर आम्दानी १६ रूपैयाँ ३२ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ६४ रूपैयाँ ८६ पैसा रहेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको प्रति सेयर आम्दानी २८ रूपैयाँ २० पैसा तथा प्रतिसेयर नेटवर्थ दुई सय एक रूपैयाँ २१ पैसा रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया