Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकनेक्ट आईपीएसबाट स्कुलको शुल्क भुक्तानी गर्दा छात्रवृत्ति पाइने

कनेक्ट आईपीएसबाट स्कुलको शुल्क भुक्तानी गर्दा छात्रवृत्ति पाइने


काठमाडौं । कनेक्ट आईपीएएसले स्कुलको शुल्क भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने सुनौलो अवसर ल्याएको छ । अफरअन्तर्गत २० जना भाग्यशाली विद्यार्थीहरूले भुक्तानी गरेको रकम वा अधिकतम १० हजार रुपैयाँसम्मको छात्रवृति रकम प्राप्त गर्न सकिने छ ।

यो अफर कनेक्ट आईपीएसबाट वैशाख ३१ गतेसम्म अनलाइन फि भुक्तानी गर्दा लागू हुनेछ । अफरको अन्त्यपछि कनेक्ट आईपीएएसको आधिकारिक वेबसाइटमा विजेताको जानकारी प्रकाशित गरिने छ । साथै, भुक्तानी गरिएको बैंक खातामा नै छात्रवृत्तिको रकम जम्मा गरिने छ ।

अभिभावकहरू तथा विद्यार्थीहरूलाई कनेक्ट आईपीएसमार्फत अनलाइन फि भुक्तानी गर्न निकै सहज हुन्छ । कनेक्ट आईपीएसबाट सात सयभन्दा बढी स्कुलहरूको भुक्तानी गर्न सकिन्छ । भुक्तानीकर्ताले कनेक्ट आईपीएसको वेब वा एपमा लग इन गरी क्रेडिटर्स पेमेन्टअन्तर्गत एजुकेसनल इन्स्टिच्युसनमा क्लिक गरी स्कुल्समा क्लिक गरी लिस्टबाट भुक्तानी गर्नुपर्ने स्कुल छनोट गरी मागिएका अन्य विवरण दाखिला गरी आफ्नो खाताबाट सजिलै भुक्तानी गर्न सक्छन् । साथै, शैक्षिक संस्थाहरूले आफ्नो तोकिएको बैंक खातामा सोझै रकम प्राप्त गर्न कनेक्ट आईपीएसमा क्रेडिटरको रूपमा आबद्ध हुन सक्छन् । यसका लागि आफ्नोे सम्बन्धित बैंक वित्तीय संस्थासँग सम्पर्क गरी अनलाइन सेवा लिन सकिन्छ ।

कनेक्ट आईपीएस बैंकका ग्राहकहरूका लागि एकै प्लेटफार्ममार्फत एकभन्दा बढी खाता लिंक गरी फन्ड ट्रान्सफरलगायत विभिन्न भुक्तानीहरू गर्नका निम्ति एक प्रमुख तथा सजिलो माध्यम हो । कनेक्ट आईपीएसको वेबमार्फत प्रतिकारोबार २० लाख रुपैयाँसम्म र यसको मोबाइल एपमार्फत प्रतिकारोबार दुई लाख रुपैयाँसम्मको भुक्तानी गर्न सकिन्छ । कनेक्ट आईपीएसमार्फत चालू आर्थिक वर्षको चैत्र मसान्तसम्म ३९ सय अर्ब रूपैयाँभन्दा बढी भुक्तानी कारोबार फछ्र्यौट भइसकेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया