सेगवेको नयाँ सोरुम चितवन र बुटवलमा
काठमाडौं । सेगवे–नाइनबोटको नेपालका लागि आधिकारिक वितरक आइहब प्रालिले चितवन र बुटवलमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । यी सोरुमहरू लोक सुशीला मोटर प्रालि, कालिका चोक, बुटवल र युनाइटेड अटो कन्सर्न प्रालि, हाकिम चोक, भरतपुर (अष्टभुजा पेट्रोल पम्प नजिक)सँगको सहकार्यमा सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।
बुटवल र चितवनका सोरुमहरूमा एन–१००, ई–१००, ई–११०एल र ई–१२५ मोडलसहित सेगवेका उत्पादनहरूको सम्पूर्ण रेन्ज उपलब्ध हुने कम्पनीले जनाएको छ । सेगवेले, सोरुम उद्घाटनको अवसरमा दुवै क्षेत्रका ग्राहकलाई विशेष अफरहरूको साथ सोरुम भ्रमण गर्न आमन्त्रित गरेको छ । अफरअन्तर्गत यी सोरुमहरूमा सेगवे ई–स्कुटरको विशेष मूल्य तोकेका छन् । यी सोरुमबाट सेगवेका नवीन उत्पादनहरूको खरिद मात्र नभएर यसको ब्याट्री रेन्टल, ब्याट्री स्वाप र तीव्र चार्जिङ सपोर्टलगायत सेवा समेत लिन पाइने कम्पनीले जनाएको छ । यी सोरुमहरूको सञ्चालनसँगै आईहब प्रालिले नेपालमा दिगो र प्रभावकारी व्यक्तिगत यातायात साधनहरूलाई थप प्रवर्द्धन गर्दै सेगवेका सेवाग्राहीलाई उच्चस्तरका उत्पादन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगन
- कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन
- सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
- तीन विदेशी महिला दुई केजी छ सय ५४ ग्राम लागुऔषधसहित पक्राउ
- विकासलाई अगाडि बढाउन राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ: अध्यक्ष ओली
- आन्दोलनरत आम सम्पर्क मञ्च र भन्सा कार्यालय बिच बार्ता
- पूर्वप्रधानसेनापति सिंहको निधन
- भारतद्वारा इरान बन्दरगाह सम्झौतामा अमेरिकी प्रतिबन्धको धम्की अस्वीकार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया