काठमाडौं । पठाओ नेपालले आउँदै गरेको बडादशैंको अवसरमा ‘पठाओ दशैं महोत्सव’ अफर सुरू गरेको छ । सोमबारदेखि सुरु भएको महोत्सव असोज २८ गतेसम्म चल्ने कम्पनीका प्रवक्ता शशांक शमशेर थापाले जानकारी दिए । यस महोत्सवमा कम्पनीले राइडरहरूका लागि ‘कम कमिसन धेरै कमाइ, यो दशैं रमाइ–रमाइ’ भन्ने मूल नाराका साथ दैनिक एक प्रतिशत कमिसन अफर राखेको प्रवक्ता थापाले जानकारी दिए ।
कम्पनीले अफरको बम्पर पुरस्कारअन्तर्गत यामाहासँगको सहकार्यमा दुई जनालाई यामाहा रे जेडआर १२५ एफआई हाइब्रिड स्कुटर दिइने थापाले बताए । यस महोत्सव अवधिभर चालकहरूले केही राइड बढी लिँदै जाँदा कमिसन पनि घट्दै जाने कम्पनीले जनाएको छ । हाल साधारणतया बाइकमा २० प्रतिशत र कार लाइट (ट्याक्सी) मा १५ प्रतिशत कमिसन रहेको छ । अब भने धेरै राइड लिने राइडर र क्याप्टेन (ट्याक्सी चालक) को कमिसन घट्दै जाने ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगन
- कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन
- सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
- तीन विदेशी महिला दुई केजी छ सय ५४ ग्राम लागुऔषधसहित पक्राउ
- विकासलाई अगाडि बढाउन राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ: अध्यक्ष ओली
- आन्दोलनरत आम सम्पर्क मञ्च र भन्सा कार्यालय बिच बार्ता
- पूर्वप्रधानसेनापति सिंहको निधन
- भारतद्वारा इरान बन्दरगाह सम्झौतामा अमेरिकी प्रतिबन्धको धम्की अस्वीकार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया