नेपालको नेतृत्वमा समाजवाद जागरण यात्रा मूल व्यवस्थापन समिति गठन
काठमाडौँ । अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी)ले दुई हजार एक सदस्यीय समाजवाद जागरण यात्रा मूल व्यवस्थापन समिति गठन गरेको छ ।
पार्टी प्रचार विभागका सचिव प्रकाश खतिवडाका अनुसार यही असोज १४ देखि २९ गतेसम्म गर्न लागिएको यात्रालाई प्रभावकारी तथा व्यवस्थित बनाउन उक्त समिति गठन गरिएको जानकारी दिए । पार्टी केन्द्रीय कमिटी, केन्द्रीय निकाय, सबै प्रदेशका सचिवालय सदस्य, जिल्लाका पदाधिकारी र प्रदेश इन्चार्जको अध्यक्षतामा सम्बन्धित प्रदेश कमिटी, जिल्ला कमिटी सदस्य तथा प्रदेशस्तरीय आयोजक कमिटीलाई समितिमा समावेश गरिएको छ ।
यात्रामा सहभागी हुन सबै जनवर्गीय सङ्गठनका अध्यक्ष र महासचिवलाई अनिवार्य गरिएको छ । मूल आयोजक कमिटी र प्रदेश आयोजक कमिटीले मूल व्यवस्थापन समितिसँग समन्वय गरी यात्रालाई व्यवस्थित बनाउनेछन् । काँकडभिट्टाबाट सुरु भएर सुर्खेतमा समापन हुने यात्रामा रुपान्तरणकारी एजेन्डा, पार्टीले उठाउँदै आएका मुद्दा र कार्ययोजनाबारे जनतालाई बुझाइने छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
- खुकुरी प्रहार गरी फरार रहेका दश जना पक्राउ
- नेपालमा बैबाहिक जबरजस्ति करणीको कानुन आउनुको विधिशास्त्रीय औचित्य
- ‘ओशो पार्क’ पर्यटकको रोजाइमा
- न्यायपालिकालाई भरोसायोग्य बनाउन सबैको प्रयास जरुरी: प्रधानन्यायाधीश
- न्यायपालिकालाई भरोसायोग्य बनाउन सबैको प्रयास जरुरी: प्रधानन्यायाधीश
- अमेरिकामा मुद्रास्फीति दर बढ्ने संकेत
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया