झण्डै साढे दुई लाख रूपैयाँबराबरको अवैध सामान बरामद
पोसकान्त पोखरेल
बुटवल, जेठ ४
विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणकालिन अवस्थामा पनि अवैध ओसारपसार रोकिएको छैन । सुरक्षा निकायको आँखा छलेर अवैधरूपमा मालसामान ओसारपसार गर्नेहरू केही प्रहरीले नियन्त्रणमा आइरहेका छन् । त्यस्तै, नवलपरासी प्रहरीले सक्रियता बढाएसँगै उक्त जिल्लामा भैरहेका अवैध ओसारपसारका गर्नेहरू पनि दिन/प्रतिदिन प्रहरीले नियन्त्रण गर्न सफल भएको छ ।
सीमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरीको गस्ती टोलीले शनिबार दुई लाख ४२ हजार चार सय ६० रूपैयाँबराबरको अवैधरूपमा लुकाई राखिएका विभिन्न खाद्य सामग्रीहरू बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक विरेन्द्र थापाका अनुसार पाल्लीदह गाउँपालिका–१ स्थित सिमलको फेदको झाडीमा लुकाएर राखिएको ९७ केजी काजु, ३० केजी बदाम, तीन सय केजी छोगडा र नौ केजी किसमिसजस्ता उच्च पोषक तत्व हुने र बढी मूल्यका खाद्य सामग्रीहरू बरामद गरेको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया