अमेरिकाद्वारा हरित जलवायु कोषमा तीन अर्ब डलर सहयोग
दबई । उपराष्ट्रपति कमला ह्यारिसले संयुक्त राष्ट्र संघको कोप–२८ सम्मेलनमा संयुक्त राज्य अमेरिकाले विश्वव्यापी हरित जलवायु कोषका लागि तीन अर्ब अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका छन् ।
ह्यारिसले दुबईमा आयोजित जलवायु शिखर सम्मेलनमा भने, ‘आज, हामी काममार्फत विश्वले यस सफ्टको सामना कसरी गर्नसक्छ र गर्नुपर्छ भनेर प्रदर्शन गरिरहेका छौँ ।’
अमेरिकी कंग्र्रेसले अनुमोदन गर्नुपर्ने नयाँ रकम सन् २०१० मा स्थापना भएको हरित जलवायु कोष (जीसीएफ)मा जानेछ । सन् २०१४ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाको कार्यकालमा विकासशील मुलुकका लागि उक्त कोषमा अमेरिकाले अन्तिम पटक तीन अर्ब अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।
विश्वको सबैभन्दा ठूलो जलवायु कोषले पाकिस्तानमा सौर्य प्यानल वा हाइटीमा बाढी व्यवस्थापन गरेजस्तै विकासोन्मुख देशहरूमा अनुकूलन र न्यूनीकरण परियोजनाहरूको लागि अनुदान र ऋण प्रदान गर्दछ ।
अमेरिकाले सहयोग घोषणा गर्नुअघि जीसीएफमा १३ अर्ब ५० करोड अमेरिकी डलर दिने प्रतिबद्धता जनाइएको थियो ।
धनी राष्ट्रहरूले जलवायु परिवर्तनको सामना गर्न विकासशील राष्ट्रहरूलाई सहयोग गर्ने वित्तीय प्रतिबद्धताहरू पूरा गर्न असफल हुनुले जलवायु परिवर्तनसम्बन्धी वार्तामा तनाव र अविश्वासलाई बढाएको छ ।
जलवायु परिवर्तनका लागि कम जिम्मेवार विकासशील देशहरूले चरम मौसमको बढ्दो क्रूर र महँगो परिणामहरूको अनुकूलन गर्न र स्वच्छ ऊर्जा स्रोतहरूमा उनीहरूको सङ्क्रमणको लागि धनी प्रदूषक राष्ट्रहरूबाट समर्थन खोजिरहेका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु
- कक्षा कोठामा शिक्षामन्त्री : ‘पुस्तक पुनःप्रयोग गर्न जतन गरेर राख्नुहोस्’
- मन्त्री श्रेष्ठद्वारा विश्वविद्यालयलाई राजनीतिकरण नगर्न आग्रह
- देश निर्माणमा सबै पक्षको उत्तिकै दायित्व छ: मन्त्री जोशी
- नियमित विवरण अद्यावधिक नगर्ने सहकारीलाई कारबाही गर्दै कामपा
- बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
- कृषि उद्यमीहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न
- पहिचान फेरिएको फुस्रेबजार
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया