आज राती आकाश खुला रहेको अवस्थामा उल्का वर्षाको रमाइलो देखिने
काठमाडौं । बिहीबार राति आकाशमा मिथुन उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने बिपी कोइराला मेमोरियल प्लानेटरियम एण्ड अब्जरभेटरी विज्ञान सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले बताए ।
उनका अनुसार आकाश खुला रहेको अवस्थामा यो जुनसुकै ठाउँबाट पनि खुल्ला आँखाले हेर्न सकिने छ । मिथुन राशी अर्थात् जेमिनाईतिरबाट आएको जस्तो देखिने भएकाले यसलाई खगोलविद्ले ‘जेमिनिड्स’ नाम दिएको उनको भनाइ छ ।
उल्का वर्षा विभिन्न रङ्गमा देखिने छ । डा. शर्माका अनुसार यो उल्का वर्षा बिहीबार मध्यरातिदेखि भोलि बिहान ३–४ बजेसम्म अवलोकन गर्न सकिनेछ । अमेरिकाको अन्तरिक्ष अन्वेषण निकाय नासाले जेमिनिड्सलाई यस वर्षकै ‘उत्कृष्ट’ उल्का वर्षा भनेको छ ।
यो धेरै सङ्ख्यामा देखिने भएकाले अरु उल्का वर्षाभन्दा यसलाई विशेष मानिएको शर्माको भनाइ छ ।पुछ्रेताराले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टानहरु छोड्ने गर्दछ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् पुगे राष्ट्रपति
- लगातार तेस्रो दिन बढ्यो शेयर बजार, कारोबार रकम करिब चार अर्ब
- विकास खर्च न्यून, दश महिनामा जम्मा ३७ प्रतिशत मात्रै खर्च
- दश महिनामा ६० प्रतिशत बजेट खर्च
- धितोपत्र व्यवसायीको कमिसन घट्यो
- स्वस्थ जीवनका लागि योगाभ्यास आवश्यक : प्रमुख सचिव पौडेल
- आईपीएल क्रिकेट : दिल्ली र लखनउ भिड्दै
- इतिहासकार ज्ञानमणि नेपालको निधन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया