Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसहयोगी विकास बैंकको नाफा नौ करोड २२ लाख

सहयोगी विकास बैंकको नाफा नौ करोड २२ लाख


काठमाडौं, जेठ ९
सहयोगी विकास बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा नौ करोड २२ लाख ८२ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा सात करोड ४१ लाख ४० हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ५० करोड ९६ लाख ६८ हजार रूपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा चार अर्ब ७० करोड छ लाख ४२ हजार रूपैयाँ निक्षेप संकलन गरी चार अर्ब १६ करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा १८ करोड ५४ लाख ९६ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ७६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा बैंकले चार अर्ब ३३ करोड ६१ लाख ४८ हजार रूपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ९४ करोड ५७ लाख रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १६ करोड दुुई लाख ४० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ६९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया