काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित ‘आईसीटी अवार्डको २०२३’ वितरण गरिएको छ । लिभिङ विथ आईसीटीले द सोल्टी काठमाडौंमा हालै एक विशेष कार्यक्रमको आयोजना गरी सूचना तथा सञ्चार प्रविधि क्षेत्रसँग सम्बन्धित १४ विधामा विजेताको घोषणासँगै अवार्ड वितरण गरेको हो ।
यसैगरी सातै प्रदेशका उत्कृष्ट स्टार्टअपहरूलाई प्रभिन्स स्टार्टअप आईसीटी रिकग्निसन २०२३ बाट सम्मान गरिएको छ । आठौं संस्करणको अपग्राड आईसीटी अवार्ड २०२३ इन एसोसिएसन विथ इन्ड्राइभमा दर्जन बढी प्रि–इभेन्ट र पाँच महिनादेखिको छनौट प्रक्रियापश्चात अवार्ड प्रदान गरिएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अवार्ड वितरण कार्यक्रमको उद्घाटन गरेकी थिइन् । यस वर्षको आईसीटी अवार्ड व्यक्तिगततर्फ नेपाली डायस्पोरा आईसीटी अवार्ड प्राडा सुरेश मानन्धर र आन्टरप्रेनर आईसीटी अवार्ड अनुप शेरचनले जितेका छन् । त्यसैगरी पायोनियर आईसीटी अवार्ड बालकृष्ण जोशी र एनसेल वुमन आइकन आईसीटी अवार्ड सुनैना घिमिरे पाण्डेले प्राप्त गरेकी छन् ।
यस्तै, संस्थागततर्फ डिजिटल गर्भनेन्स आईसीटी अवार्ड नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से), डिजिटल सर्भिसेस आईसीटी अवार्ड तिलगंगा आँखा प्रतिष्ठान, डिजिटल एजुकेसन आईसीटी अवार्ड (पब्लिक सेक्टर) तनहुँको सत्यवति माध्यमिक विद्यालय र डिजिटल एजुकेसन आईसीटी अवार्ड (प्राइभेट सेक्टर) काठमाडौंको अध्ययन स्कुलले जितेको छ ।
यस्तै, स्टार्टअप तथा इन्नोभेसनतर्फ इन्ड्राइभ स्टार्टअप आईसीटी अवार्ड यार्सा टेक, प्रडक्ट आईसीटी अवार्ड क्विक आरपीए र राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड ब्ल्याङ्कसरले पाएका छन् । यसैगरी हाम्रो–पे पब्लिक च्वाइस आईसीटी अवार्ड मनिमित्रले प्राप्त गरेको छ भने अन्तर्राष्ट्रिय विधाको रूपमा रहेको साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड भुटानको स्टार्टअप समूह मिडियाटेकले पाएको छ ।
यसबाहेक सातै प्रदेशका सात उत्कृष्ट स्टार्टअपलाई समेत आईएफएन प्रोभिन्स स्टार्टअप आईसीटी रिकग्निसन २०२३ बाट सम्मान गरेको छ । कोशी प्रदेशबाट ट्रयाक अन नेपाल, मधेश प्रदेशबाट एड्स बी मिडिया, बागमती प्रदेशबाट हर्टसन टेक्नोलोजी, गण्डकी प्रदेशबाट रेस्ट्रो एक्स, लुम्बिनी प्रदेशबाट टुना टेक्नोलोजी, कर्णाली प्रदेशबाट बायो कर्णाली एरोमा प्रालि र सुदूरपश्चिम प्रदेशबाट निमलाई सो सम्मान प्रदान गरिएको हो । अवार्ड विजेताहरूलाई मन्त्री, सांसद, सचिवलगायत सरकारी तथा गैरसरकारी क्षेत्रका उच्च अधिकारीहरूले ट्रफी तथा सम्मानपत्र प्रदान गरेका थिए ।
यस्तै, अवार्डको ग्राण्ड फिनालेमा गभर्मेन्ट एण्ड सिटिजन इन्गेजमेन्ट विधाअन्तर्गत डब्लुएस अवार्ड २०२२ विजेता नागरिक एपलाई ट्रफी तथा सम्मानपत्र समेत प्रदान गरिएको थियो । गत वर्ष डब्लुएसए अवार्ड २०२२ को फाइनलमा विदेश जान नपाएको नागरिक एपलाई आईसीटी अवार्डको ग्राण्ड फिनालेको अवसरमा ट्रफी र सम्मानपत्र हस्तान्तरण गरिएको हो । आईसीटी अवार्ड २०२३ मा विभिन्न १३ विधामा सात सय बढीको अनलाइन नोमिनेस प्राप्त भएको थियो । १४ जना स्वदेशी र तीन जना अन्तर्राष्ट्रिय विज्ञ जुरीले तीन महिनासम्म २५ वटा बढी बैठकहरू सञ्चालन गर्दै छनौट प्रक्रियालाई सम्पन्न गरेका थिए । यस कार्यक्रमको सरकारी, गैरसरकारी, निजी तथा विभिन्न संघसंस्थाहरूले सहकार्य गरेका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगन
- कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन
- सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
- तीन विदेशी महिला दुई केजी छ सय ५४ ग्राम लागुऔषधसहित पक्राउ
- विकासलाई अगाडि बढाउन राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ: अध्यक्ष ओली
- आन्दोलनरत आम सम्पर्क मञ्च र भन्सा कार्यालय बिच बार्ता
- पूर्वप्रधानसेनापति सिंहको निधन
- भारतद्वारा इरान बन्दरगाह सम्झौतामा अमेरिकी प्रतिबन्धको धम्की अस्वीकार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया