कोशी प्रदेशद्वारा नेपाल पुलिसलाई जितका लागि एक सय ६७ रनको चुनौती
काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले नेपाल पुलिस क्लबलाई जितका लागि एक सय ६७ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबार जारी खेलमा कोशी प्रदेशले ४८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै एक सय ६६ रनको योगफल बनायो ।
कोशीका लागि सुजन थपलियाले एक सय पाँच रनको योगदान गरे । उनले एक सय २६ बलमा आठ छक्का र ६ चौकाको मद्दतले सर्वाधिक एक सय पाँच रनको योगदान गरेका हुन् । यसैगरी, अभ्यास तिमिल्सिनाले २३ र कप्तान अङ्कित सुवेदीले १० रन बनाए । राससका अनुसार सुजनले आठौँ विकेटका लागि अभ्याससँग ९९ रनको साझेदारी गरे । पुलिसका लागि करण केसीले तीन विकेट लिए भने ललितनारायण राजवंशी र सुनिल धमलाले समान दुई–दुई विकेट झारे । त्यसैगरी, राशिद खान, सागर ढकाल र कुशल भुर्तेलले समान एक–एक विकेट लिए ।
क्याटेगोरी : खेलकुद, प्रदेश समाचार, कोशी प्रदेश
ताजा अपडेट
- सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले प्राप्त गरे विश्वासको मत
- एकीकृत समाजवादीद्वारा श्रम आयोग गठनको माग
- गृहमन्त्री लामिछानेद्वारा यात्रुलाई झन्झटरहित सेवा दिन निर्देशन
- सूचना र शिक्षा दुवै क्षेत्रमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण: सञ्चारमन्त्री शर्मा
- प्रतिनिधिसभा बैठक ४ बजेका लागि सारियो
- बिनाविभागीय मन्त्री आलेमगरलाई खेलकुद मन्त्रालयको जिम्मेवारी
- सामुदायिक वनमा अवैधरुपमा सालका रुख कटानी
- सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया