सानिमा जनरलको प्रमुुख कार्यकारीमा उपाध्याय
काठमाडौँ जेठ १३
सानिमा जनरल इन्स्योरेन्स कम्पनीको प्रमुुख कार्यकारी अधिकृतमा सुुधुम्न उपाध्याय नियुुक्त भएका छन् । कम्पनीका अनुसार गत शुक्रबार बसेको सञ्चालक समितिको बैंठकले आगामी चार वर्षको लागि उपाध्यायलाई प्रमुख कार्यकारीमा नियुक्त गरेको हो । नियमनकारी निकाय बीमा समितिले उपाध्यायलाई प्रमुख कार्यकारीमा नियुुक्त गर्ने कम्पनीको प्रस्तावलाई गत साता नै स्वीकृति दिएको हो ।
नवनियुक्त प्रमुुख कार्यकारी उपाध्याय यसअघि प्रिमियर इन्स्योरेन्स कम्पनीमा प्रमुुख कार्यकारी अधिकृतको रूपमा रहेका थिए । विगत २३ वर्षदेखि बीमा क्षेत्रमा कार्यरत रहेका उपाध्यायसँग बीमा क्षेत्रको बारेमा गहिरो अनुुभव रहेको छ । हाल चुक्ता पुँजी ७० करोड रूपैयाँ रहेको कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुुई करोड ८९ लाख ४७ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा दुई करोड ४९ लाख रूपैयाँ रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै
- नेपालमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ गरिँदै, हालसम्मको उपलब्धि के?
- पाँच वर्षपछि नेपालमा लगानी सम्मेलन, प्रधानमन्त्रीले लगानीकर्तालाई देखाएका अवसर कस्ता
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया