भारतबाट आएका दुई हजार एक सय ३४ जना क्वारेन्टाइनमा
अनिल नेपाली
अर्घाखाची, जेठ १४
अर्घाखाँचीमा पछिल्लो एक सातामा भारतबाट आउनेको संख्या दुई हजार एक सय ३४ पुगेको छ । रोजगारीको सिलसिलामा भारत गएका नागरिक कोरोनाको उच्च जोखिम भएसँगै धमाधम गृह जिल्ला फर्किन थालेका हुन् । भारतका विभिन्न स्थानबाट कृष्णनगर र बेलहिया नाका हुँदै मंगलबार एकै दिन पाँच सय १२ जना जिल्ला भित्रिएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले बताए ।
पछिल्लो एक सातामा सन्धिखर्क नगरपालिकाका तीन सय एक जना, भूमिकास्थान नगरपालिकाका पाँच सय ६४ जना, शितगंगा नगरपालिकाका चार सय ६७ जना, पाणिनी गाउँपालिकाका एक सय ९६ जना, मालारानी गाउँपालिकाका तीन सय ९८ जना र छत्रदेव गाउँपालिकामा एक सय आठ जना गरी दुई हजार एक सय ३४ जना जिल्ला भित्रिएका सहायक प्रमुख जिल्ला अघिकारी खनालले बताए । जिल्लाका ६ स्थानीय सरकारले बनाएको एक सय ३२ स्थलका क्वारेन्टाइनमा सबै जनालाई राखिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया