कोशी प्रदेशका उद्योगी व्यवसायीको अभिलेख अनलाइनमा राखिने
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले प्रदेशका जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूमा व्यवसायीको अभिलेख अनलाइन माध्यममा राख्ने भएको छ । महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतका अनुसार अनलाइनबाट नै सदस्यता फारम भर्न सकिने व्यवस्था गरिएको हो ।
अनलाइन प्रणाली जडानका लागि सुुरुमा ३० वटा जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूलाई समेटिएको उनले बताए । नयाँ सफ्टवेरमा तथ्यांक संकलन र व्यस्थापन भएपछि व्यवसायको प्रकृति र क्षेत्र, स्वामित्वको संरचना, अधिकृत र चालू पुँजी, कर्मचारी तथा कामदारको स्थायित्व एवम् लैंगिक अनुपातलगायतका तथ्याङ्क सम्बन्धित जिल्ला तथा नगर उद्योग वाणिज्य संघले राख्न उनले जानकारी दिए ।
यस्तै, उनले अनलाइनबाट नै सदस्य बन्न तथा नवीकरण गर्न सकिने गरी मोबाइल एप पनि निर्माण गरी सञ्चालनमा ल्याइएको बताए । सो सफ्वेटवेर सञ्चालनको प्रारम्भिक अनुशिक्षण तीस वटै संघहरूलाई उपलब्ध गराइसकिएको र क्रमशः संचालन र व्यस्थापनका लागि आवश्यक सहयोग महासंघले गर्ने उनले जानकारी दिए । जिल्ला नगर उद्योग वाणिज्य संघमा जडान भएको सफ्टवेयरमा प्रशासनिक तथ्यांक, लेखा व्यवस्थापन र अन्य सुचना व्यवस्थापनको सुविधा रहनेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- गृहमन्त्री लामिछानेद्वारा यात्रुलाई झन्झटरहित सेवा दिन निर्देशन
- सूचना र शिक्षा दुवै क्षेत्रमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण: सञ्चारमन्त्री शर्मा
- प्रतिनिधिसभा बैठक ४ बजेका लागि सारियो
- बिनाविभागीय मन्त्री आलेमगरलाई खेलकुद मन्त्रालयको जिम्मेवारी
- सामुदायिक वनमा अवैधरुपमा सालका रुख कटानी
- सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन
- मन्त्री भण्डारीद्वारा बैतडीमा व्यावसायिक कफीखेतीको शुभारम्भ
- मदन र आश्रितको शालिकमा माल्यार्पणसहित श्रद्धाञ्जलि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया