सिटिजन्स बैंक इन्टरनेशनलले सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने
काठमाडौं, जेठ २१
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले क्षेत्रीयस्तरको सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने भएको छ । प्राप्तिमा जानेसम्बन्धी प्रस्ताव पारित गर्नको लागि सहयोगीले यही जेठ २४ गते १६औं वार्षिक साधारणसभाको आह्वान गरेको छ । यसअघि सहयोगीले चैत १० गते नै वार्षिक साधारणसभाको आह्वान गरेको थियो । तर, विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को महामारीलाई नियन्त्रणमा लिनको लागि सरकारले चैत ११ गतेदेखि नै लकडाउनको घोषणा गरेपछि बैंकले वार्षिक साधारणसभा स्थगित गरेको थियो । तर, पछिल्लो पटक भने बैंकको यही जेठ १५ गते बसेको सञ्चालक समितिको दुई सय ९९औं बैठकले यही जेठ २४ गते बैंकको केन्द्रीय कार्यालय धनुुषामा १६औं वार्षिक साधारणसभा गर्ने घोषणा गरेको हो । उक्त सभामार्फत सहयोगीको एक सय कित्ता सेयर बराबर सिटिजन्सको ९१ दशमलव ७५ कित्ता अर्थात् १ः०.९१७५ बराबरको सेयर स्वाप रेसियो कायम गर्ने प्रस्ताव पारित गर्नेछ ।
सिटिजन्स बैंकले सहयोगीलाई प्राप्ति गरेपश्चात् बैंकको चुक्ता पुँजी नौ अर्ब १३ करोड आठ लाख ६५ हजार रूपैयाँ पुुग्ने छ । चालू आवको तेस्रो त्रैमासिक अवधिमा सिटिजन्सको चुक्ता पुँजी आठ अर्ब ६२ करोड २१ लाख ९७ हजार रूपैयाँ रहेको छ भने सहयोगीको चुक्ता पुँजी ५० करोड ९६ लाख ६८ हजार रूपैयाँ रहेको छ । प्राप्तिपश्चात् सिटिजन्सको निक्षेप ८२ अर्ब ५४ करोड २९ लाख ३९ हजार रूपैयाँ पुग्ने छ । हाल सिटिजन्सको निक्षेप ७७ अर्ब ८३ करोड ६५ लाख १३ हजार रूपैयाँ रहेको छ भने सहयोगीको निक्षेप चार अर्ब ७० करोड ६४ लाख २६ हजार रूपैयाँ रहेको छ ।
यसैगरी प्राप्तिपश्चात् सिटिजन्सको कुुल कर्जा ७९ अर्ब १७ करोड ५० लाख ९० हजार रूपैयाँ पुुग्नेछ । हाल भने सिटिजन्स बैंकको कर्जा ७५ अर्ब एक करोड ४२ लाख ६८ हजार रूपैयाँ रहेको छ भने सहयोगीको कुुल कर्जा चार अर्ब १६ करोड आठ लाख २२ हजार रूपैयाँ रहेको छ । सहयोगीलाई प्राप्ति गरेपश्चात् सिटिजन्सको कुुल नाफा एक अर्ब १८ करोड ३५ लाख २७ हजार रूपैयाँ पुुग्नेछ । हाल सिटिजन्स बैंकको नाफा एक अर्ब नौ करोड १२ लाख ४५ हजार रूपैयाँ रहेको छ भने सहयोगीको खुद मुनाफा नौ करोड २२ लाख ८२ हजार रूपैयाँ रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- इलाम- २ मा मतगणना ११ बजेबाट सुरु हुँदैे
- इलाम–२ मा सर्वपक्षीय बैठक सुरू, मतगणना केहीबेरमा हुँदैे
- लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- एक सय ५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै
- इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो
- नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित
- बझाङमा ४३ प्रतिशत मतदान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया