जाल्पा सामुदायिक र किसान लघुवित्त गाभिने
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्था मर्ज हुने भएका छन् । दुवै संस्थाहरूले मर्जरसम्बन्धी प्रस्ताव पारित गर्नका लागि यही चैत्र नौ गते वार्षिक साधारणसभाको आह्वान गरेका छन् ।
वार्षिक साधारणसभामार्फत यी दुई संस्थाले मर्जरका लागि सेयरको स्वाप रेसियो कायम गर्ने, सञ्चालक समिति गठनलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेका छन् । सोअनुसार जाल्पा पाँचौँ साधारणसभा गर्न लागेको छ भने किसानले पाँचौँ वार्षिक साधारणसभा ताज प्यालेस, स्पेसियल चोक, गोल्फुटार, काठमाडौंमा गर्ने भएको छ । सभाले एक आपसमा एक बराबर शून्य दशमलव ८८३४ सेयर स्वाप अनुपातमा मर्ज हुने विशेष प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।
यसबाहेक सभाले भविष्यमा अन्य कुनै उपयुक्त लघुवित्तलाई मर्ज वा एक्वायर गर्नेसम्बन्धी आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका प्रस्तावहरू समेत पारित गर्ने तयारी गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7
ताजा अपडेट
- अदालती समयपछि पनि सन्दीपको मुद्दामा बहस जारी
- प्राइम सहकारी पनि डुब्यो, प्रहरीद्वारा उजुरी आह्वान
- शिक्षकले दलको सदस्य हुन नपाउने कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने
- मेलम्चीको पानी बाह्रै महिना उपत्यकामा आपूर्ति हुने व्यवस्था मिलाइने
- नारायणी र सुनकोशीमा टर्मिनल सहित जलमार्ग बनाइने
- मध्यपहाडी लोकमार्गलाई ‘समृद्धि करिडोर’ बनाइने
- कर्णाली र सुदूरपश्चिमका बाँकी क्षेत्रमा विद्युतीकरण गरिने
- पर्यटकीय गन्तव्य प्रोफाइल बनाइने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया