माले । माल्दिभ्स भ्रमण गर्ने भारतीय पर्यटकको संख्यामा ३३ प्रतिशत कमी आएको छ । माल्दिभ्सको पर्यटन मन्त्रालयको तथ्यांकअनुसार यसवर्षको पहिलो दुई महिनामा २७ हजार दुई सय बढी भारतीय पर्यटक माल्दिभ्स घुम्न गएका छन् । यो संख्या जुन गतवर्षको सोही अवधिको तुलनामा करिब १४ हजारले कम हो ।
नयाँ दिल्ली र मालेबीचको कुटनीतिक सम्बन्ध बिग्रिएकाले माल्दिभ्समा जाने भारतीय पर्यटकको संख्यामा कमी आएकोे माल्दिभ्सका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । माल्दिभ्सका केही उपमन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लक्षद्वीप भ्रमणको विषयलाई लिएर अपमानजनक टिप्पणी गरेका थिए । त्यसलगत्तै दुई देशबीच कूटनीतिक विवाद सुरु भएको थियो ।
भारतीय प्रधानमन्त्री मोदीले भारतीय टापु समूहलाई समुद्र टन पर्यटन र आन्तरिक पर्यटनको रुपमा विकास गर्न आह्वान गरेका थिए । तर, त्यसमा माल्दिभ्सका तीन उपमन्त्रीले अपमानजनक टिप्पणी गरेपछि नयाँ दिल्लीले माल्दिभ्सका राजदूतलाई बोलाएर कडा विरोध गरेको थियो । त्यसपछि दुई देशबीच कूटनीतिक विववाद सुरु भएको हो । अहिले माल्दिभ्सले तीन जना उपमन्त्रीलाई निलम्बनका राखेको छ ।
माल्दिभ्स एसोसिएसन अफ ट्राभल एजेन्ट्स एन्ड टुर अपरेटर्स (माटाटो)ले भारतीय पर्यटकले धमाधम बुकिङ रद्द गरेको बताएका छन् ।
माल्दिभ्समा यसवर्षको अहिलेसम्म सबैभन्दा धेरै चिनियाँ पर्यटक पुगेका छन् । जनवरी र फेब्रुअरीमा माल्दिभ्स घुम्न जाने चिनियाँ पर्यटकको संख्या ५४ हजार नाघेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- खुकुरी प्रहार गरी फरार रहेका दश जना पक्राउ
- नेपालमा बैबाहिक जबरजस्ति करणीको कानुन आउनुको विधिशास्त्रीय औचित्य
- ‘ओशो पार्क’ पर्यटकको रोजाइमा
- न्यायपालिकालाई भरोसायोग्य बनाउन सबैको प्रयास जरुरी: प्रधानन्यायाधीश
- न्यायपालिकालाई भरोसायोग्य बनाउन सबैको प्रयास जरुरी: प्रधानन्यायाधीश
- अमेरिकामा मुद्रास्फीति दर बढ्ने संकेत
- विद्युत् आपूर्ति सुधार्न भारतलाई एडीबीको ऋण सहयोग
- डिजिटल रुपान्तरणका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ: मन्त्री शर्मा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया