इस्लामाबाद । पाकिस्तानको राष्ट्रपतिमा सत्ता गठबन्धनका उम्मेदवार आसिफ अली जरदारी विजयी भएका छन् । पाकिस्तानको निर्वाचन आयोगका अनुसार जरदारी संसद् र चार प्रान्तीय सभालगायत सबै निर्वाचकमण्डलबाट चार सय ११ मत ल्याएर विजयी भएका हुन् ।
जरदारीले सिनेट र नेसनल एसेम्बलीलगायत संसद्को दुई सदनको संयुक्त सत्रमा दुई सय ५५ मत प्राप्त गरेका छन् । जरदारीले पूर्वी पञ्जाब प्रान्तबाट ४३ मत, उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तबाट ८ मत, दक्षिणपश्चिम बलुचिस्तान प्रान्तबाट ४७ मत र दक्षिणी सिन्ध प्रान्तबाट ५८ मत प्राप्त गरेका छन् ।
जरदारीका प्रतिद्वन्द्वी विपक्षी दलका संयुक्त गठबन्धनका उम्मेदवार महमुद खान अचकजाईले कुल एक सय ८१ मत प्राप्त गरेका छन् । ६८ वर्षीय जरदारीले शुक्रबार विदाइ भएका निवर्तमान राष्ट्रपति आरिफ अल्वीको स्थान लिँदै छन् ।
सन् २००८ देखि २०१३ सम्म ११औँ राष्ट्रपति रहेका जरदारीको उक्त पदमा यो दोस्रो विजयी हो । जरदारी सन् २०२४ फेब्रुअरी ८ मा भएको आम निर्वाचनमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए । राष्ट्रपतिको शपथ लिनुअघि उनले राष्ट्रियसभाबाट राजीनामा दिनुपर्नेछ । रासस/सिन्ह्वा
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- खुकुरी प्रहार गरी फरार रहेका दश जना पक्राउ
- नेपालमा बैबाहिक जबरजस्ति करणीको कानुन आउनुको विधिशास्त्रीय औचित्य
- ‘ओशो पार्क’ पर्यटकको रोजाइमा
- न्यायपालिकालाई भरोसायोग्य बनाउन सबैको प्रयास जरुरी: प्रधानन्यायाधीश
- न्यायपालिकालाई भरोसायोग्य बनाउन सबैको प्रयास जरुरी: प्रधानन्यायाधीश
- अमेरिकामा मुद्रास्फीति दर बढ्ने संकेत
- विद्युत् आपूर्ति सुधार्न भारतलाई एडीबीको ऋण सहयोग
- डिजिटल रुपान्तरणका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ: मन्त्री शर्मा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया