चीन, रुस र इरानले संयुक्त नौसैनिक अभ्यास गर्ने
बेइजिङ । चीन, रुस र इरानका नौसेनाहरूले यसैसाता ओमानको खाडीमा संयुक्त अभ्यास गर्ने बेइजिङले सोमबार बताएको छ । चीनको रक्षा मन्त्रालयद्वारा सामाजिक सञ्जाल विच्याटमा प्रकाशित विज्ञप्तिअनुसार सोमाबारदेखि शुक्रबारसम्म आयोजना हुने सैन्य गतिविधिको उद्देश्य ‘क्षेत्रीय सामूहिक सुरक्षालाई संयुक्तरूपमा कायम राख्ने’ रहेको छ ।
विज्ञप्तिमा धेरै विवरण उल्लेख नगरी भनिएको छ, ‘चीनले अभ्यासमा सहभागिता जनाउनका लागि निर्देशित–मिसाइल विनाशक उरुम्की, निर्देशित–मिसाइल फ्रिगेट लिनी र व्यापक आपूर्ति जहाज डोङपिङ्हु पठाउनेछ ।’
यस क्षेत्रमा गतवर्ष मार्चमा यी तीनै मुलुकबीच ‘सेक्युरिटी बन्ड २०२३’ नामक अभ्यास भएको थियो । गाजामा युद्ध चर्किएको र यमनमा इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागरमा जहाजहरूमा आक्रमण सुरु गरेकाले यसवर्षको संयुक्त अभ्यासको चरण यस क्षेत्रमा बढ्दो तनावसँग मेल खाएको छ ।
मुलुकको प्रशान्त फ्लिटबाट भर्याग क्रुजरको नेतृत्वमा जहाजहरूको एउटा टुकडी अभ्यासअघि सोमबार इरानी बन्दरगाह चाह बहार आइपुगेको रुसी राज्य मिडियाले बताएको छ ।
‘अभ्यासको व्यावहारिक हिस्सा अरब सागरमा ओमानको खाडीको पानीमा हुनेछ’, रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रुसी समाचार एजेन्सीहरूले भनेका छन्, ‘युद्धाभ्यासको प्रमुख उद्देश्य भनेको सामूहिक आर्थिक गतिविधिको सुरक्षामा काम गर्नु हो ।’ रासस÷एएफपी
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- खुकुरी प्रहार गरी फरार रहेका दश जना पक्राउ
- नेपालमा बैबाहिक जबरजस्ति करणीको कानुन आउनुको विधिशास्त्रीय औचित्य
- ‘ओशो पार्क’ पर्यटकको रोजाइमा
- न्यायपालिकालाई भरोसायोग्य बनाउन सबैको प्रयास जरुरी: प्रधानन्यायाधीश
- न्यायपालिकालाई भरोसायोग्य बनाउन सबैको प्रयास जरुरी: प्रधानन्यायाधीश
- अमेरिकामा मुद्रास्फीति दर बढ्ने संकेत
- विद्युत् आपूर्ति सुधार्न भारतलाई एडीबीको ऋण सहयोग
- डिजिटल रुपान्तरणका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ: मन्त्री शर्मा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया