काठमाडौं । वैदेशिक रोजगारीका लागि अमेरिका पठाउने भनी ६० लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उदयपुर त्रियुगा नगरपालिका वडा नं ७ घर भई हाल गोँगबु बस्ने ३६ वर्षीय लोकबहादुर राउतलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो । प्रहरीका अनुसार राउतले अमेरिकामा सात लाख ५० हजार रुपैयाँसम्म तलब हुने प्रलोभनमा पारी खिमा डाँगीलगायत दुई जनालाई ठगी गरेका थिए ।
कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले पक्राउ परेका राउतले अमेरिका जानका लागि प्रतिव्यक्ति ८० लाख रुपैयाँसम्म लाग्ने भनी पीडित दुई जनासँग ६० लाख रुपैयाँ लिएर फरार भएको जानकारी दिए । राउतलाई गोँगबुबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता रेग्मीले बताए ।
क्याटेगोरी : सुरक्षा अपराध
ट्याग : #Page 6
ताजा अपडेट
- क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा नेपाल परेड कार्यक्रम सम्पन्न
- राष्ट्रपतिबाट संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने
- नेपाल प्रहरीको प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की
- भन्सार विभाग घेर्न पुगेका आजपाका कार्यकर्ता र प्रहरी बीच झडप
- उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको भेट
- क्षेत्रपाका किसानलाई अनुदानमा मौरीघार र हातेट्याक्टर वितरण
- आईसीसी टी–२० विश्वकप क्रिकेट : १७ राष्ट्रको टोली घोषणा, तीन टोलीको अझै बाँकी
- वैशाखमा आगलागीमा परि २६ को मृत्यु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया