Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतीन सय ३५ किलो गाँजा र नगदसहित सात जना पक्राउ

तीन सय ३५ किलो गाँजा र नगदसहित सात जना पक्राउ


काठमाडौं । प्रहरीले तीन सय ३५ किलो गाँजा सहति सात जनालाइ पक्राउ गरेको छ । प्रहरीले धरान उपमहानगरपालिका–२० बरडाँडाबाट अवैध लागूऔषध गाँजा ३ सय ३५ किलो र नगद ७ लाख ५२ हजार पाँच सय २५ रूपैयाँसहित ७ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा धनकुटा साँघुरीगढी गाउँपालिका–१० बस्ने २० वर्षीय मन्दीप राई, २८ वर्षीय मन कुमार राई, २४ वर्षीय राम कुमार राई, ३५ वर्षीय थाम बहादुर राई, २५ वर्षीय देउमन राई तथा १६ वर्षीय किशोर र सखुवासभा मांङतेवा बस्ने २५ वर्षीय अजित राई रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको को.१ ज १८२१ नम्बर र को.२ च ३११० नम्बरको २ वटा पिकअप गाडीलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

साथै उनीहरूले प्रयोग गरेको को.३१ प ६०३७ नम्बर र को.३० प ९०९२ नम्बरको २ वटा मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार, सुरक्षा अपराध


तपाईको प्रतिक्रिया