नेपाल मेडिकल कलेजद्वारा दन्त स्वास्थ्य शिविर सञ्चालन
काठमाडौं । नेपाल मेडिकल कलेजले काठमाडौंको बौद्ध इन्टरनेसनल स्कुलमा दन्त परीक्षण शिविर सञ्चालन गरेको छ । कलेज अफ डेन्टल साइन्सेज एनएमसीटीएचले सञ्चालन गरेको दुई दिने शिविरमा चार सय जना विद्यार्थीहरूको दन्त परीक्षण गरिएको कलेजले जनाएको छ ।
शिविरमा स्कुलमा अध्ययनरत विद्यार्थीहरूलाई दाँत तथा मुखको स्वास्थ्य सचेतना समेत दिइएको छ । विद्यार्थीहरूलाई दाँत तथा मुखको सरसफाइ, स्याहार कसरी गर्ने भन्ने सचेतना दिइएको हो । कलेजको सामुदायिक तथा सार्वजनिक स्वास्थ्य दन्त विभागका डाक्टर दीपक ठाकुरले बालबालिकाहरूको दाँत र मुख संवेदनशील हुने भएकाले समयसमयमा चिकित्सकबाट स्वास्थ्य जाँच गराउनुपर्ने बताए । सामुदायिक स्वास्थ्य सेवामार्फत आम नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा प्रवाह गर्न स्वास्थ्य शिविर सञ्चालन गरिएको कलेजले जनाएको छ ।
सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको शिविरबाट गरिब, विपन्न तथा अस्पतालसम्मको पहुँच नपुगेका नागरिक बढी लाभान्वित हुने अपेक्षा गरिएको छ ।
क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #page 3
ताजा अपडेट
- इतिहासकार ज्ञानमणि नेपालको निधन
- सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३४ प्रतिशत बजेट खर्च
- सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो
- सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३४ प्रतिशत बजेट खर्च
- पोखरीमा पानी सङ्कलन गरेर सागसब्जी फलाउँदै कैलालीका किसान
- सुकेधारामा भेटिएको शवको पहिचान खुल्यो
- नेपाल–कोरिया सम्बन्ध सगरमाथा जस्तै उच्च होस्
- सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ सुरू
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया