अफरोड ट्रयाकमा एमजी ४ ईभीको ‘स्ट्रेन्थ टेस्ट’
काठमाडौं । एमजीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले एमजी फोर ईभीको स्ट्रेन्थ टेस्ट परीक्षण गरेको छ ।
‘एमजी ४ स्ट्रेन्थ टेस्टः इन्डुरेन्स इन एड्भरसिटी’ नामको यो इभेन्ट नेपालमा आयोजना गरिएको पहिलो ईभी स्ट्रेन्थ टेस्ट हो । गत चैत १ गते बिहीबार धुलिखेलमा रहेको ‘डर्ट टेम्पल’मा विशेष कार्यक्रम आयोजना गरी कम्पनीले विभिन्न सञ्जालका प्रभावकर्ताहरू सहभागी गराएको हो । धुलिखेलमा रहेको डर्ट टेम्पलमा एमजी४ ईभीको ‘इन्डुरेन्स’ गरिएको थियो । त्यहाँको डर्ट ट्रयाकमा सहभागीहरूले हिलो बाटो, सार्प टर्निङ, हिल असिस्ट र ओरालोको पर्फमेन्सजस्ता विषयमा एमजी ४ ईभीको परीक्षण गरेका थिए । ट्रयाकमा गाडी कुदाउने क्रममा सहभागीहरूले सो गाडीको ग्राउन्ड क्लियरेन्स, चारवटै चक्कामा रहेका इन्डिपेन्डेन्ट सस्पेन्सनको पर्फमेन्स, त्यसको पावर र पीकअपको अनुभव लिएका थिए ।
एमजीको डेडिकेटेड ईभी प्लेटफार्ममा बनेको पहिलो ईभी एमजी फोर, अविश्वसनीय डर्ट ट्रयाकमा ड्राइभ गराइएको थियो । उक्त ट्रयाकमा पटहोल, ठाडो उकालो, सार्प टर्निङ, मडी, बम्पी बाटोमा कारको स्ट्रेन्थ टेस्ट गरिएको थियो । यसो हेर्दा कम ग्राउन्ड क्लियरेन्स भएको देखिए पनि इन्डिपेन्डेन्ट र स्टिफ सस्पेन्सनका कारण चार जना बसेर गाडी चलाउँदा पनि ग्राउन्ड क्लियरेन्सका कारणले समस्या सिर्जना नभएको पाइएको कम्पनीले जनाएको छ । यस एमजी ४ ईभीमा रहेको हिल असिस्ट, हिल डिसेन्ट कन्ट्रोल तथा रियर ह्विल ड्राइभका कारण अप्ठ्यारो बाटोमा पनि राम्रो पर्फमेन्स दिएको सहभागीहरूले बताएका थिए । सहभागीहरूले टेस्ट ड्राइभपश्चात एमजी४ इभि सहरका चिल्ला बाटोमा मात्र नभई बिग्रिएका, खाल्डाखुल्डी, हिलो तथा कच्ची बाटोहरूमा पनि सहजै चलाउन सकिनेमा विश्वस्त रहेको बताएका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- कांग्रेसको चारतारे झण्डाको अन्तर्य !
- अन्तर्राष्ट्रिय परिवार दिवस र नेपाल
- गलत निर्णय गर्ने पनि दण्डित हुनैपर्छ
- मौरीपालनतर्फ आकर्षित बन्दै कृषक
- परम्परागत शैली प्रयोग गरेर नमुना बस बिसौनी निर्माण
- सेयरबजार विकासको लागि विशेष जोड
- पुरानै कार्यक्रमलाई निरन्तरता
- सहकारी समस्या समाधान गर्न अधिकारसम्पन्न आयोग आवश्यक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया