राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता अभियान
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशव्यापीरूपमा वित्तीय साक्षरता कार्यक्रम सुरु गरेको छ । ग्लोबल मनी विक २०२४ लाई सफल बनाउने उद्देश्यले बैंकले देशैभरका सातै प्रादेशिक कार्यालय र सबै शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सुरु गरेको हो ।
बैंकका अनुसार यही चैत्र ६ गते मंगलबारदेखि ११ गतेसम्म ग्लोबल मनी विक २०२४, प्रोटेक्ट योर मनी, सेक्योर योर मनी भन्ने मूल नाराका साथ सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिँदैछ । ग्लोबल मनी विक वित्तीय साक्षरताको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यले वार्षिकरूपमा मनाउँदै आएको साप्ताहिक अन्तर्राष्ट्रिय अभियान हो । नेपाल राष्ट्र बैंकले जारी गरेको वित्तीय साक्षरता मार्गदर्शन, २०७८ बमोजिम बैंकको देशैभरका शाखा कार्यालयहरूले विद्यार्थी, युवा, मजदुर, कृषक, साना उद्यमी, महिला विप्रेषण प्रापक ग्राहकहरूलाई लक्षित गरी एक सप्ताहसम्म ज्ञान, सिप तथा बैंकिङ आदत सिकाउने उद्देश्यले वित्तीय सचेतना कार्यक्रम सञ्चालन गरिने छ ।
बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा दुई सय ८७ वटा शाखा कार्यालय, तीन सय पाँच वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ, ७१ वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- टर्की पठाइदिने भन्दै चार करोड ठगी गर्ने एक जना पक्राउ
- ज्योतिनगर पहिरोका कारण बुटवल डुब्यो : मेयर पाण्डेय
- कुन-कुन इन्टरनेट कम्पनीले कति रोयल्टी राजश्व बुझाउन बाँकी छ ?
- झापामा आठ लाखलाई हात्तीपाइले रोगविरुद्धको औषधि
- आज बस्ने भनिएको कांग्रेस संसदीय दल कार्यसमिति बैठक भोलिका लागि सर्यो
- सरकारबाट बाहिरियो जसपा, उपेन्द्र यादवले दिए राजीनामा
- उपेन्द्र यादवले दिए पदबाट राजीनामा
- बजेटमार्फत रोजगारी सिर्जना र उत्पादन वृद्धि गर्ने विशेष कार्यक्रम ल्याइनेछ: प्रधानमन्त्री
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया