सिटिजन्स बैंकको बेबी लाइफ होमलाई सहयोग प्रदान
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिब एक दशकदेखि एचआईभी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको बेबी लाइफ होमलाई आर्थिक सहयोग स्वरूप दुई लाख रुपैयाँ प्रदान गरेको छ । बैंकले आफ्नो १७औँ वार्षिकोत्सव यही वैशाख ७ गते मनाएको छ । सोही उपलक्ष्यमा यस संस्थालाई आर्थिक सहयोग प्रदान गरेको हो ।
बेबी लाइफ होममा रहेका २७ जना एचआईभी संक्रमित बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने कुरा संस्थाका सञ्चालक राजकुमार पुनले जानकारी दिए । विशेष गरी विपन्न समुदायमा जन्मेका एचआईभी पोजिटिभ भएका बालबालिकालाई शिक्षा प्राप्त गर्ने आधारभूत अधिकार प्रदान गर्न संस्थालाई निकै कठिन चुनौतीहरूको सामना गर्नुपर्ने हुँदा सञ्चालनमा केही सहजता होस् भन्ने हेतुले बैंकले एक समारोहका बीच दुई लाखको चेक संस्थाका सञ्चालक राजकुमार पुनलाई हस्तान्तरण गरेको हो ।
हरेक वर्ष बैंकले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो वार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी गराएको छ ।
बैंकले देशैभर फैलिएका आफ्ना एक सय ९० वटा शाखा, एक सय ५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ इकाईहरूबाट १७ लाख ३१ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको बैंकले यसै आर्थिक वर्ष थप सात शाखाहरू विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा नेपाल परेड कार्यक्रम सम्पन्न
- राष्ट्रपतिबाट संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने
- नेपाल प्रहरीको प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की
- भन्सार विभाग घेर्न पुगेका आजपाका कार्यकर्ता र प्रहरी बीच झडप
- उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको भेट
- क्षेत्रपाका किसानलाई अनुदानमा मौरीघार र हातेट्याक्टर वितरण
- आईसीसी टी–२० विश्वकप क्रिकेट : १७ राष्ट्रको टोली घोषणा, तीन टोलीको अझै बाँकी
- वैशाखमा आगलागीमा परि २६ को मृत्यु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया