सोलुखुम्बु, जेठ २७
सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिका वडा नम्बर ९ लोखिममा हुनलागेको बालविवाह रोकिएको छ । धुमधामका साथ हुन गइरहेको बालविवाह जनप्रतिनिधि र प्रहरीको सहयोगमा रोकिएको हो । आइतबार तामझामका साथ दुलहीको घरमा पुगेका दुलहासहित जन्ती आएको गोप्य सूचना पाएपछि जनप्रतिनिधि र प्रहरी पुगेर उक्त विवाह रोकेको वडा नम्बर ९ का वडा अध्यक्ष भुपालसिंह राईले जानकारी दिए ।
वडा अध्यक्ष भुपालसिंह राईका अनुसार लोखिमकै एक १९ वर्षीय युवा र १६ वर्षीया युवतीबीच दुवैको मञ्जुरीमा नै विवाह भइरहेको थियो । नेपालको कानुनमा २० वर्षभन्दा कम उमेरमा मञ्जुरमै गरिएको विवाहलाई पनि स्वत बदर गर्ने व्यवस्था छ । प्रहरी र जनप्रतिनिधि बेहुलीको घरैमा पुगेर दुवै पक्षलाई सम्झाई बुझाई विवाह रोकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक महेन्द्र दर्नालले जानकारी दिए । दुलहा र दुलहीलाई सम्झाएर परिवारको जिम्मा लगाएको प्रहरीको भनाइ छ ।
अघिल्लो दिन नै बालविवाह हुँदैछ भन्ने थाहा पाएपछि केही युवाले यो विवाह गर्न हुँदैन भन्दासमेत त्यसलाई नमानेका अभिभावकहरू प्रहरी र वडा अध्यक्ष पुगेपछि विवाह रोक्न सहमत भएको बताइएको छ । नेपालको मुलुकी अपराध संहिता २०७४ दफा १७३ को उपदफा २ मा २० वर्ष नपुगी मञ्जुरीमा नै गरिएको विवाहलाई कानुनविपरीत मानिएको छ । र त्यस्तो विवाह स्वत रद्द हुने व्यवस्था रहेको छ । साथै संहितामा विवाह गर्ने गराउने व्यक्तिलाई समेत ३ वर्षसम्म कैद र ३० हजार रूपैयाँ जरिवाना हुन व्यवस्था रहेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया