अमेरिका । अमेरिकी अर्थमन्त्री जानेट येलेन चीन भ्रमणमा पुगेकी छिन् । अमेरिका र चीनबीच व्यापार र लगानीलगायतमा विवाद चर्किएका बेला अमेरिकी अर्थमन्त्रीको भ्रमणलाई चासोका साथ हेरिएको छ ।
उनले चीनमा रहँदा चीनसँगको व्यापार र लगानी सम्बन्धमा छलफल गर्नेछिन् । अप्रिल ३ मा चीन पुगेकी येलेन अप्रिल ९ सम्म चीन भ्रमणमा रहने बताइएको छ । उनको भ्रमण दक्षिणी सहर ग्वान्झाउबाट सुरु भएको छ । उनले चीनमा रहेका अमेरिकी कम्पनीका प्रतिनिधिबाट ब्रिफिङ लिने बताइएको छ । उनले ग्वान्झाउमा चीनका उपप्रधानमन्त्री हे लिफेङर र ग्वान्झाउका प्रान्तीय गभर्नर वाङ वाइझोङसँग घेटवार्टा गर्नेछिन् ।
ग्वान्झाउपछि येलेन बेइजिङ जाने कार्यक्रम रहेको बताइएको छ । बेइजिङमा उनले चिनियाँ प्रधानमन्त्री लि क्याङ, अर्थमन्त्री लान फोआन र केन्द्रीय बैंकका गभर्नर पान गोङसेङसँग घेटवार्ता गर्नेछिन् ।
चीन प्रस्थान गर्नेक्रममा येलेनले चीनले औद्योगिक क्षेत्रमा गरेको अत्यधिक लगानीमा आफूलो चासो राख्ने बताएकी थिइन् । उनले चीनले गरेको लगानीबाट अमेरिका र अन्य मूलुकका उद्योगहरु प्रभावित हुने बताइन् । उनले विद्युतीय सवारी र ब्याट्रीमा चीनले गरेको लगानीबाट अमेरिकी अर्थतनत्रमा असर पर्ने खतरा रहेको बताइन् । अमेरिकी उत्पादनको संरक्षणका लागि चिनियाँ समानमा थप कर लगाउने उपायबारे सोचिरहेको सङ्केत गरेकी छिन् । गतवर्ष खासगरी ताइवान मामिलालाई लिएर दुवै देशबीच सम्बन्धमा दरार उत्पन्न भएको थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने नर्वे, स्पेन र आयरल्यान्डको घोषणा
- सन्दीप लामिछानेले अमेरिकाको ‘भिसा पाएनन्’, क्यानले अब के गर्ला ?
- भारतसँगका पर्साका सीमानाका बन्द
- रवि लामिछाने र महान्यायाधिवक्त्ता दिनमणि पोखरेल विरुद्धको रिट दर्ता गर्न आदेश
- राष्ट्रिय वाणिज्य बैंक र मुद्रण विभागबीच सम्झौता
- पाँच बुँदे सहमतिपछि सङ्घर्ष समितिद्वारा सत्याग्रह स्थगित
- नियमन आयोगको अध्यक्षका लागि आठ जनाको आवेदन
- भरतपुर महानगर र चीनको छुङ्गसछिङ्गबीच भगिनी सम्बन्ध कायम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया