चिनियाँ केन्द्रीय बैंकले प्रविधि क्षेत्रमा ७० अर्ब डलर ऋण दिने
बेइजिङ । चीनको केन्द्रीय बैंक ‘पिपुल्स बैंक अफ चाइना’ले देशको विज्ञान तथा प्रविधि क्षेत्रलाई सहयोग गर्न पाँच सय अर्ब युआन (७० अर्ब डलर)को ऋण कार्यक्रम स्थापना गर्ने भएकोे छ । केन्द्रीय बैंकले आइतबार विज्ञप्ति जारी गरेर यस्तो जानकारी दिएको हो ।
केन्द्रीय बैंकले २१ वटा बैंकहरुमार्फत साना तथा मझौला प्रविधि कम्पनीहरुलाई एक दशमलव ७५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउनेछ । यो रुण एक वर्ष अवधिका लागि उपलब्ध गराउनेछ । जुन ऋण दुई पटकसम्म विस्तार गर्न सकिनेछ । यो पुनरकर्जा प्याकेज हुने बैंकले जनाएको छ ।
चीनका नीति निर्माताहरुले तरलतालाई बढवा दिन र विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा सम्पत्तिको संकट र प्रमुख व्यापारिक साझेदारहरुसँगको झगडाको बीचमा विश्वास बढाउन खोजेको बताइएको छ ।
यो पुनरकर्जा कार्यक्रम साना तथा मझौला आकारका प्रविधि कम्पनीहरुलाई उनीहरूको प्रारम्भिक स्टार्टअप र वृद्धि चरणहरुमा मद्दत गर्न र उच्चस्तरका परियोजनाहरुलाई ऋण सहयोग प्रदान गर्न स्थापना गरिएको केन्द्रीय बैंकले उल्लेख गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकि संगै रहेको मन्दिरबाट हनुमानको मुकुट चोरी !
- खुकुरी प्रहार गरी फरार रहेका दश जना पक्राउ
- नेपालमा बैबाहिक जबरजस्ति करणीको कानुन आउनुको विधिशास्त्रीय औचित्य
- ‘ओशो पार्क’ पर्यटकको रोजाइमा
- न्यायपालिकालाई भरोसायोग्य बनाउन सबैको प्रयास जरुरी: प्रधानन्यायाधीश
- न्यायपालिकालाई भरोसायोग्य बनाउन सबैको प्रयास जरुरी: प्रधानन्यायाधीश
- अमेरिकामा मुद्रास्फीति दर बढ्ने संकेत
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया