क्युआर कोडबाट हुने अन्तरदेशीय रिटेल भुक्तानी नियमन गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तरदेशीय भुक्तानी कारोबारका लागि ‘क्विक रेस्पोन्स कोड –क्युआर कोड)’लगायतको प्रयोग गरी मोबाइल बैंकिङ/इन्टरनेट बैंकिङ तथा अन्तर बैंक भुक्तानीमार्फत गरिने रिटेल भुक्तानीसम्बन्धी व्यवस्थामा राय÷सुझाव माग गरेको छ । केन्द्रीय बैंकले यस व्यवस्थाको मस्यौदा सार्वजनिक गरेर सो विषयमा कुनै जानकारी भए लिखित सुझाव दिन भनेको हो ।
केन्द्रीय बैंकले भुक्तानी सम्बन्धी कारोबार गर्न अनुमति प्राप्त संस्थाहरूले भुक्तानीसम्बन्धी कारोबार गर्ने स्वदेशी संस्थाहरूसँग आबद्ध भई अन्तरदेशीय खुद्रा भुक्तानी कारोबार गर्दा अवलम्बन गर्नुपर्ने व्यवस्थामा केही संशोधन गरी सोमा सुझाव मागेको हो । विदेशी संस्थासँग मोबाइल बैंकिङ, क्युआर कोडलगायत खुद्रा भुक्तानी उपकरणहरूको प्रयोग र इन्टिग्रेसन सम्बन्धमा प्रारम्भिक छलफल गर्न स्वीकृति लिनु नपर्ने तर भुक्तानी प्रणाली विभागमा पूर्वजानकारी लिखितरूपमा गराउनुपर्ने व्यवस्था गरेको छ ।
अनुमति प्राप्त संस्थाहरूले मोबाइल बैंकिङ, क्युआर कोड भुक्तानीलगायत रिटेल भुक्तानीको इन्टिग्रेसनका लागि विदेशी संस्थासँग समझदारी पत्रमा हस्ताक्षर गर्नको लागि भने राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागसँग पूर्वसहमति (नो अब्जेक्सन लेटर) लिनुपर्ने व्यवस्था गरेको छ । यस्तो पूर्वसहमति माग गर्दा दुवैतर्फको भुक्तानी प्रणाली सञ्चालक संस्थाहरूको प्रोफाइल, इन्टरफेस, कन्फिगरेसन्स, कारोबार गरिने नियमसम्बन्धी व्यवस्था, शुल्क बाँडफाँट, प्रस्तावित राफसाफ व्यवस्थालगायत विषयमा हुने समझदारीको विवरण पेस गर्नुपर्नेछ ।
विदेशी संस्थासँग आबद्ध भई मोबाइल बैंकिङ, क्युआर कोडलगायत रिटेल भुक्तानी उपकरण प्रयोग गरी आफ्नो प्रणालीलाई अन्तरदेशीय प्रणालीसँग इन्टिग्रेसन गरी गरिने अन्तरदेशीय कारोबार सञ्चालनको लागि मुख्य सम्झौताको स्वीकृति भुक्तानी प्रणाली विभागसँग लिनुपर्ने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले क्रस बोर्डर भुक्तानीका लागि क्युआर कोडलगायतका विद्युतीय माध्यमबाट हुने कारोबारको सीमा प्रतिमहिना एक लाख रुपैयाँ प्रस्ताव गरेको छ । तर यो सीमा होटल, हस्पिटल र औषधि पसलमा गरिने भुक्तानीमा लागू हुने छैन । नेपाल र भारतबीच क्युआरमार्फत क्रस बोर्डर भुक्तानी सुरु भइसकेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
- खुकुरी प्रहार गरी फरार रहेका दश जना पक्राउ
- नेपालमा बैबाहिक जबरजस्ति करणीको कानुन आउनुको विधिशास्त्रीय औचित्य
- ‘ओशो पार्क’ पर्यटकको रोजाइमा
- न्यायपालिकालाई भरोसायोग्य बनाउन सबैको प्रयास जरुरी: प्रधानन्यायाधीश
- न्यायपालिकालाई भरोसायोग्य बनाउन सबैको प्रयास जरुरी: प्रधानन्यायाधीश
- अमेरिकामा मुद्रास्फीति दर बढ्ने संकेत
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया