नेपाल री इन्स्योरेन्स कम्पनीद्वारा पाँच प्रतिशत लाभांश घोषणा
काठमाडौं । नेपाल री इन्स्योरेन्स कम्पनीले पाँच प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको खुद नाफामध्येबाट उक्त परिमाणमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीका अनुसार घोषित लाभांशमध्येमा चार दशमलव ७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश रहेको छ । कम्पनीले गत आर्थिक वर्षमा पनि सोही परिमाणमा लाभांश वितरण गरेको थियो । बीमा कम्पनीहरूको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरूले न्यूनतम २० अर्ब रुपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्ने व्यवस्था गरेको छ । कम्पनीले गत असारसम्म १२ अर्ब ८१ करोड रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ । तोकिएको न्यूनतम चुक्ता पुँजी कायम गर्नका लागि कम्पनीले आगामी आर्थिक वर्षमा हकप्रद सेयर जारी गर्ने तयारी समेत गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
- खुकुरी प्रहार गरी फरार रहेका दश जना पक्राउ
- नेपालमा बैबाहिक जबरजस्ति करणीको कानुन आउनुको विधिशास्त्रीय औचित्य
- ‘ओशो पार्क’ पर्यटकको रोजाइमा
- न्यायपालिकालाई भरोसायोग्य बनाउन सबैको प्रयास जरुरी: प्रधानन्यायाधीश
- न्यायपालिकालाई भरोसायोग्य बनाउन सबैको प्रयास जरुरी: प्रधानन्यायाधीश
- अमेरिकामा मुद्रास्फीति दर बढ्ने संकेत
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया