‘युक्रेनमा युद्ध सुरू भएपछि ३७ हजारभन्दा बढी व्यक्ति बेपत्ता’
किएभ, युक्रेन । युक्रेनले सन् २०२२ को फेब्रुअरीमा रूसको आक्रमण सुरु भएयता सैनिकसहित करिब ३७ हजार व्यक्ति ‘बेपत्ता’ रहेको मङ्गलबार जनाएको छ ।
रूसी सेना अझै पनि युक्रेनको पाँच भागको एक भागमा उपस्थित रहेकाले हराइरहेकाहरूको सही संख्या गणना गर्न कठिन छ । कुनै पनि पक्षले नियमितरूपमा सैन्य हताहतको तथ्याङ्क औपचारिकरूपमा सार्वजनिक गर्दैन ।
‘बालबालिका, सर्वसाधारण र सेनागरी करिब ३७ हजार मानिस बेपत्ता भएका छन् । यो संख्या अझै धेरै हुन सक्छ,’ युक्रेनका मानव अधिकार आयुक्त दिमित्रो लुबिनेट्सले भने । युक्रेन र रेडक्रसले सन् २०१४ मा मस्को समर्थित पृथकतावादीसँग युद्ध सुरु भएयता रूसले गैरकानुनीरूपमा हिरासतमा लिएका करिब एक हजार सात सय व्यक्तिको पहिचान गरेको उनले बताए ।
मानव अधिकारवादी समूहहरूले रूसले कब्जा गरेको क्षेत्रमा बालबालिकालाई जबर्जस्ती बेपत्ता पारेको र अपहरण गरेको आरोप लगाएका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
- खुकुरी प्रहार गरी फरार रहेका दश जना पक्राउ
- नेपालमा बैबाहिक जबरजस्ति करणीको कानुन आउनुको विधिशास्त्रीय औचित्य
- ‘ओशो पार्क’ पर्यटकको रोजाइमा
- न्यायपालिकालाई भरोसायोग्य बनाउन सबैको प्रयास जरुरी: प्रधानन्यायाधीश
- न्यायपालिकालाई भरोसायोग्य बनाउन सबैको प्रयास जरुरी: प्रधानन्यायाधीश
- अमेरिकामा मुद्रास्फीति दर बढ्ने संकेत
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया