पाठ्यक्रम विकास केन्द्रले स्वीकृत नगरेका पाठ्यपुस्तक प्रयोग भए कारबाही गरिने
गोरखा । गोरखा नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयले पाठ्यक्रम विकास केन्द्रले स्वीकृत नै नगरेका पाठ्यक्रम पुस्तक प्रयोगमा ल्याएको पाइए कानुनबमोजिम कारबाही गर्ने भएको छ ।
नगर क्षेत्रभित्रका केही निजी विद्यालयले पाठ्यक्रम विकास केन्द्रले स्वीकृति नै प्रदान नगरेका पाठ्यसामग्री, पाठ्यपुस्तक वा शिक्षण सिकाइ सामग्री प्रयोगमा ल्याएको भन्ने गुनासो आएपछि नगरपालिकाले विद्यालयको अनुगमनको तयारीसमेत थालेको नगरपालिकाको शिक्षा शाखाका प्रमुख चन्द्रबहादुर खड्काले जानकारी दिए ।
उनले कुनै पनि विद्यालयले स्वीकृत पाठ्यपुस्तकभन्दा बाहिरका पाठ्यपुस्तक पढाउनु शिक्षा नियमावलीविपरीत हुने बताए । प्रमुख खड्काले विद्यायलयको अनुगमनका लागि समितिसमेत गठन गरिसकेको जानकारी दिए ।
“हामीले स्वीकृत पाठ्यपुस्तक मात्रै लागू गर्ने भनेर निर्णय पनि गरिसकेका छौँ”, उनले भने, “केही विद्यालयले आफुखुसी पाठ्यपुस्तक प्रयोगमा ल्याएको भन्ने गुनासो हामीलाई पनि आएको छ, हामी अनुगमन गरी आवश्यक कारबाही गर्छौँ ।”
नगरपालिकाले गुनासो आएका विद्यालयका सञ्चालकलाई टोलिफोनसमेत गरेर सचेत गराइसकेको खड्काको भनाइ छ । “गुनासो आएका विद्यालयका सञ्चालकलाई हामीले तपाईँहरूले स्वीकृत गरेकाभन्दा बाहिरको पाठ्यपुस्तक लगाउनुभएको छ भन्ने गुनासो आएको छ, के भएको तुरुन्त सच्याउनु होस् भनेका पनि छौँ”, प्रमुख खड्काले भने ।
नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पाठ्यक्रम विकास केन्द्रले स्वीकृति प्रदान गरिएका पाठ्यपुस्तक, पाठ्य सामग्री तथा सिकाइ सामग्रीमात्र प्रयोग गर्न–गराउन सबै स्थानीय तहलाई आग्रह गरिसकेको छ ।
क्याटेगोरी : पालिका समाचार, नगरपालिका
ताजा अपडेट
- बेचबिखनविरुद्धका मुद्दामा छिटो फैसला हुन आग्रह
- प्रधानमन्त्रीसँग ‘युएन एफसिसी एसबिएसटिए’ का अध्यक्षको शिष्टाचार भेट
- कैलाश सिरोहिया पक्राउ
- सगरमाथामा कीर्तिमान बनाउने प्रतिस्पर्धा
- कागेश्वरी मनहरा घटना: मृतक कृष्णका छोरा चिरेन घाइते अवस्थामा फेला
- फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान
- बजार परिसुचक २१ सय १५ बिन्दुमा
- मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया