सामसङको ग्यालेक्सी एम१४ एलटीई सार्वजनिक
काठमाडौं । स्मार्टफोन ब्रान्ड सामसङले ग्यालेक्सी एम१४ एलटीई सार्वजनिक गरेको छ । ५० एमपी ट्रिपल क्यामरा, ५००० एमएएच ब्याट्री, अत्याधुनिक अक्टा–कोर प्रोसेसर र शक्तिशाली सुविधाहरू भएको यो उपकरणले स्मार्टफोनको यात्रालाई नयाँ गति दिने कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार यो फोनमा फोटोग्राफीको लागि एफ १.८ लेन्ससहितको शक्तिशाली ५० एमपी ट्रिपल क्यामेरा र १३ एमपीको फ्रन्ट क्यामरा रहेको छ । यस्तै, यसमा भएको ५००० एमएएच ब्याट्रीले २५ वाट द्रूत चार्जिङलाई समर्थन गर्ने कम्पनीले जनाएको छ । साथै, कम्पनीले उपभोक्ताहरूका लागि एक जेनुअन २५ वाट सामसङ एडेप्टर निःशुल्क उपलब्ध गराउँदै आएको छ । ग्यालेक्सी एम१४ एलटीईले छ दशमलव सात इन्चको पीएलएस एलसीडी इन्फिटी–यू डिस्प्ले प्रदान गर्छ । साथै, यो फोनमा एनरोइड १३ प्लेटफर्ममा निर्मित वान यूआई पाँच दशमलव एक कोरको सुविधा छ । सामसङले यो फोनको लागि दुई जेनेरेसनसम्म ओएस अपग्रेड र चार वर्षसम्मको सुरक्षा अपडेटहरूको ग्यारेन्टी दिने जनाएको छ ।
ग्यालेक्सी एम१४ एलटीई दुई आकर्षक रङ्गहरूमा निलो र गाढा निलोमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यो ४/६४जीबी संस्करणको लागि १६ हजार नौ सय ९९ रुपैयाँ र ६/१२८ जीबी संस्करणका लागि २१ हजार नौ सय ९९ रुपैयाँको मूल्य निर्धारण गरिएको छ । यो मोडेल १८ मे २०२४ बाट देशभरका सबै रिटेल आउटलेटहरूमा सजिलै उपलब्ध हुने कम्पनीले जनाएको छ । साथै, सबै अधिकृत सामसङ इन्स्टा फाइनान्स स्टोरहरूमा उपलब्ध इन्स्टा फाइनान्स सेवाको साथमा उपभोक्ताहरूले पनि सजिलैसँग उपकरण प्राप्त गर्न सक्छन् । यो सेवामा शून्य प्रतिशत ब्याजदरका साथ झन्झट मुक्त ईएमआई सेवाहरू र सजिलो प्रक्रिया समावेश छ । इन्स्टा फाइनान्सको यो सेवा २० हजारभन्दामाथिका मोबाइलहरूमा नेपालभर उपलब्ध छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगन
- कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन
- सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
- तीन विदेशी महिला दुई केजी छ सय ५४ ग्राम लागुऔषधसहित पक्राउ
- विकासलाई अगाडि बढाउन राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ: अध्यक्ष ओली
- आन्दोलनरत आम सम्पर्क मञ्च र भन्सा कार्यालय बिच बार्ता
- पूर्वप्रधानसेनापति सिंहको निधन
- भारतद्वारा इरान बन्दरगाह सम्झौतामा अमेरिकी प्रतिबन्धको धम्की अस्वीकार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया