अस्ट्रेलिया । अस्ट्रेलियाको बेरोजगारी दर बढेको छ । मार्च महिनामा बेरोजगारी दर तीन दशमलव आठ प्रतिशत पुगेको तथ्यांक सार्वजनिक भएको छ ।
अष्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले बिहीबार प्रकाशित गरेको तथ्यांकअनुसार रोजगारमा रहेका अष्ट्रेलियालीहरूको संख्या फेब्रुअरी र मार्चको बीचमा छ हजार छ सयले घटेको छ । बेरोजगारी दर तीन दशमलव सातबाट तीन दशमलव आठ प्रतिशतमा पुगेको न्यूज कर्प अर्थशास्त्रीलाई उद्धृत गर्दै अष्ट्रेलियाका अखबारहरूले जनाएका छन् ।
जनवरी र फेब्रुअरीको बीचमा कार्यरत अस्ट्रेलियालीहरूको संख्या एक लाख १६ हजार पाँच सयले बढेपछि रोजगारीमा गिरावट आएको हो ।
एबीएसले फेबु्रअरी र मार्चको बीचमा पूर्ण–समय भूमिकामा कार्यरत अस्ट्रेलियालीहरूको संख्या २७ हजार नौ सयले बढे पनि सोही अवधिमा अंशकालिक रोजगारी ३४ हजार पाँच सयले घटेको बताएको छ ।
जागिर गुमाए पनि अष्ट्रेलियालीहरूले काम गरेको घण्टाको कुल संख्या एक करोड ७० लाख वा फेब्रुअरीको तुलनामा मार्चमा शून्य दशमलव नौ प्रतिशत र मार्च २०२३ को तुलनामा एक दशमलव सात प्रतिशत बढी थियो ।
एबीएसका श्रम तथ्यांक प्रमुख ब्योर्न जार्विसले सहभागिता दर पूर्व–महामारीको स्तरभन्दा धेरै बढी भएको र नोभेम्बर २०२३ मा सेट गरिएको ६७ प्रतिशतको रेकर्ड उच्च रहेको बताए ।
सहभागिता दरले काम गर्ने उमेरका जनसंख्याको अनुपात मापन गर्दछ, जसबाट कार्यरत छन् वा सक्रियरूपमा काम खोज्दै छन् भन्ने थाहा हुन्छ, जुन ६६ दशमलव सात प्रतिशतबाट केही घटेर ६६ दशमलव छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- खुकुरी प्रहार गरी फरार रहेका दश जना पक्राउ
- नेपालमा बैबाहिक जबरजस्ति करणीको कानुन आउनुको विधिशास्त्रीय औचित्य
- ‘ओशो पार्क’ पर्यटकको रोजाइमा
- न्यायपालिकालाई भरोसायोग्य बनाउन सबैको प्रयास जरुरी: प्रधानन्यायाधीश
- न्यायपालिकालाई भरोसायोग्य बनाउन सबैको प्रयास जरुरी: प्रधानन्यायाधीश
- अमेरिकामा मुद्रास्फीति दर बढ्ने संकेत
- विद्युत् आपूर्ति सुधार्न भारतलाई एडीबीको ऋण सहयोग
- डिजिटल रुपान्तरणका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ: मन्त्री शर्मा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया