मर्मतपछि निगमको न्यारो बडी जहाज काठमाडौं ल्याईँदै
काठमाडौं । नेपाल वायुसेवा निगमको न्यारो बडी जहाज इजरायलमा मर्मतपछि काठमाडौं ल्याउन लागिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले निगमको न्यारो बडी जहाज मर्मतपछि सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने जानकारी दिए ।
मन्त्रालयमा आयोजित पत्रकारसँगको अन्तर्क्रियामा मन्त्री तामाङले लामो समयदेखि इजरायलमा मर्मतमा रहेको जहाज काठमाडौं आउन लागेको जानकारी दिए । आफूले जहाज चाँडो मर्मत गरेर ल्याउन ताकेता गरेको भए पनि प्राविधिक कारण केही ढिलो गरी भए पनि जहाज आउन लागेको उनले बताए । जहाज ग्राउन्डेड भएको झन्डै तीन महिनापछि निगमले उक्त जहाज इन्जिन मर्मतका लागि इजरायल पठाइएको थियो । इजरायलमा करिब पाँच महिनाको मर्मतपछि जहाज काठमाडौं फर्किन लागेको हो ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार नाइन–एकेएक्स जहाजको इन्जिन मर्मतका लागि एमआरओ कम्पनी इजरायल एरोस्पेस इन्डस्ट्रिजसँग लिजसहितको इन्जिन मर्मत सम्झौता भएको थियो । सोहीअनुसार जहाज मर्मत गरिएको हो । जहाज मर्मतका लागि चार साइकल राखेर जहाज ग्राउन्डेड गरिएको थियो ।
यस्तै, अन्तर्क्रियामा पर्यटनमन्त्री तामाङले युरोपेली सङ्घ (ईयू) ले नेपालको हवाई उडानमाथि लगाएको उडान प्रतिबन्ध हटाउन मन्त्रालयले योजनाबद्ध काम अगाडि बढाएको जानकारी दिए । नेपालका जहाज युरोपका आकाशमा सिधै उडान गर्नेगरी कार्ययोजना बनाउन सम्बन्धित संस्था, विज्ञ र निजी क्षेत्रसँग छलफल र परामर्श गरिरहेको उनले बताए । नेपालका जहाज संसारको आकाशमा निर्बाधरूपमा उड्न पाउनुपर्ने उनको भनाइ थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- पारदर्शी बन
- खानेपानीमा कर र विद्युत् महसुल पूर्ण छुट हुनुपर्ने माग
- ‘नेपाल–बङ्गलादेशबीच विद्युत् व्यापार गर्न आवश्यक पर्ने प्रक्रिया पूरा हुने प्रक्रियामा’
- लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्य सुदृढीकरणका लागि विश्व बैंकको ४६ लाख अमेरिकी डलरको योजना
- धादिङमा मीटरव्याजीको प्रहरी आतंक
- कुन मन्त्रीसँग कति सम्पत्ति ?
- सञ्चारगृहमा राज्यको हस्तक्षेप
- बेचबिखनविरुद्धका मुद्दामा छिटो फैसला हुन आग्रह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया