फर्स्ट माइक्रो फाइनान्सको तेस्रो त्रैमासिक नाफा १३ करोड दुई लाख
काठमाडौं । फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १३ करोड दुई लाख ६० हजार तीन सय ७१ रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाले कमाएको यो नाफा गत आवको सोही अवधिको तुलनामा कम हो । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा १९ करोड ४५ लाख ७७ हजार दुई सय तीन रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब ३३ करोड ३८ लाख २६ हजार नौ सय दुई रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासमा सात अर्ब ३९ करोड ७२ लाख ३४ हजार तीन सय ८६ रुपैयाँ बराबरको कर्जा प्रवाह गर्दा २५ करोड ३० लाख ५७ हजार चार सय ३५ रुपैयाँ खुद ब्याज आम्दानी कमाएको छ । निष्क्रिय कर्जाको अनुपात तीन दशमलव १२ प्रतिशत रहेको संस्थाको स्प्रेडदर दुई दशमलव शून्य छ प्रतिशत रहेको छ भने वितरणयोग्य नाफा नौ करोड ५० लाख ९४ हजार पाँच सय आठ रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले सात अर्ब ६५ करोड ६२ लाख १५ हजार आठ सय १२ रुपैयाँ कर्जा प्रवाह गर्दा ३१ करोड ७६ लाख ३५ हजार तीन सय १४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । उक्त अवधिमा शून्य दशमलव ४७ प्रतिशत कर्जा निष्क्रिय रहेको संंस्थामा एक दशमलव ८४ प्रतिशत स्प्रेडदर रहेको थियो भने वितरणयोग्य नाफा १६ करोड ६८ लाख तीन हजार नौ सय ७० रुपैयाँ रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
- खुकुरी प्रहार गरी फरार रहेका दश जना पक्राउ
- नेपालमा बैबाहिक जबरजस्ति करणीको कानुन आउनुको विधिशास्त्रीय औचित्य
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया